मकाउ क्यासिनोका बादशाह स्टान्लेको निधन « Khabarhub

मकाउ क्यासिनोका बादशाह स्टान्लेको निधन


१४ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ- चीनमा आधुनिक क्यासिनोका पिता भनेर चिनिने मकाउका क्यासिनो बादशाह स्टान्ले हो को मंगलबार हङकङमा निधन भएको छ । उनी ९८ वर्षका थिए ।

यी अर्बपति क्यासिनो लगानीकर्ता स्टान्लेको मकाउका क्यासिनोमा झण्डै चार दशक एकछत्र साम्राज्य थियो । उनले मकाउलाई क्यासिनोमा एसियाकै उत्कृष्ट गन्तव्य बनाउन प्रमुख भूमिका खेलेका थिए ।

उनी पूर्व पोर्चुगाली उपनिवेश मकाउकै सर्वाधिक धनी व्यक्ति थिए। उनको चीन र हङकङमा समेत ठूलै प्रभाव थियो, तर अमेरिकी अधिकारीहरुका अनुसार स्टान्लेको सम्बन्ध र सम्पर्क संगठित अपराधी समूहसँग पनि रहेको थियो ।

अग्ला, निकै आकर्षक र चिनियाँ तथा युरोपेली शैली सम्मिश्रण भएका स्टान्लेका चार जना पत्नीबाट १७ जना छोराछोरी जन्मेका थिए ।

तर स्टान्ले आफैँले भने क्यासिनो नखेलेको विश्वास गरिन्छ ।

एसोसिएटेड प्रेसले सन् २००१ मा लिएको अन्तर्वार्तामा स्टान्लेले भनेका थिए, “म जुवा खेल्दिनँ । मलाई त्यति धैर्य नै हुँदैन । यस्ता खेलबाट पैसा कमाउने आशा पनि गर्नु हुँदैन । यो घरभित्र खेलिने खेल हो, र यो घरभित्रै सीमित हुन्छ ।”

स्टान्लेले क्यासिनोजस्ता मनोरञ्जन उद्योगदेखि हेलिकप्टर सेवा, होटल, डिपार्टमेन्ट स्टोर, मकाउको विमानस्थल र घोडादौड कोर्समा लगानी रेका थिए ।

उनको सन् २००९ मा मस्तिष्कको शल्यक्रिया गरिएको थियो, र त्यसपछिका दिनहरुमा उनी अक्सर ह्वीलचेयरमा सार्वजनिक समारोहमा देखिने गर्दथे । पछिल्ला दिनहरुमा उनी आफ्ना सन्तानलाई सम्पत्तिको बाँडफाँडका विषयमा तनावमा परेका थिए ।

प्रकाशित मिति : १४ जेठ २०७७, बुधबार  ११ : ३६ बजे

ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व

जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता

कर्णाली – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

नेपालमै बन्यो विद्युतीय स्कुटर ‘यात्री पीटू’ : विश्व बजारमा प्रतिस्पर्धा गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेका विद्युतीय सवारीको

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्नेमा जोड

काठमाडौँ– मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई यसमा