बागलुङमा ६ जनामा कोरोना संक्रमण पु्ष्टि, सबै भारतबाट आएका | Khabarhub Khabarhub

बागलुङमा ६ जनामा कोरोना संक्रमण पु्ष्टि, सबै भारतबाट आएका


१४ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- भारतबाट आएका बागलुङका ६ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डाक्टर विनोद शर्माले विज्ञप्ति निकाल्दै गण्डकी प्रदेशको बाग्लुङ जिल्लामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

डा शर्माका अनुसार बाग्लुङ्ग जिल्ला बढीगाड गाउँपालिका स्थायी ठेगाना भएका सोही गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १९ र २० का २ जना पुरुष मा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै बाग्लुङ्गकै तमनखोला गाउँपालिका घर भएका र सोही स्थानको क्वारेन्टाइनमा रहेका २१, २७, २७ र २१ का ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

क्वारेन्टाइमा रहेका उनीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेनमा लगिने डा शर्माले जानकारी दिए ।

गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ ।

बागलुङमा करीब ४ सयजना भारतबाट आएर क्वारेन्टाइनमा बसेका छन्।

प्रकाशित मिति : १४ जेठ २०७७, बुधबार  १२ : २२ बजे

इलाममा रास्वपासहित १६ उम्मेदवारको जमानत जफत (सूचीसहित)

इलामा– इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको

इजरायल–हमास युद्धविरामको संकेत

काठमाडौं– ६ महिनाको युद्धपछि इजरायल र हमासबीच दोस्रो युद्धविराम हुनसक्ने

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपाल सफल छ : स्वास्थ्यमन्त्री

वासिङ्टन– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल