नेपालमा बुधबार एकै दिन ११४ जना कोरोना संक्रमित थपिए « Khabarhub

नेपालमा बुधबार एकै दिन ११४ जना कोरोना संक्रमित थपिए


१४ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा बुधबार एकै दिन थप ११४ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार ११४ जना संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ८८६ पुगेको छ ।

यो नेपालमा हालसम्मकै एकदिनमा संक्रमण देखिएको उच्च संख्या हो । नेपालमा कूल संक्रमितमध्य ६९६ पुरुष र ९० जना महिला रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस पीसीआर विधिबाट ३ हजार ५ सय ८० नमुना परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आज देशैभरका क्वारेन्टाइनमा ७० हजार ३०५ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा २८ जना डिस्चार्ज भएका छन् । जसमा नारायणी अस्पतालबाट २१ जना र कोशी अस्पतालबाट ३ र सुशिल कोइराला प्रखर अस्पतालबाट ४ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना निको हुने संख्या १८३ जना पुगेको छ ।

प्रकाशित मिति : १४ जेठ २०७७, बुधबार  ४ : ४५ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५