रुकुम घटना : दोषीलाई कारबाहीको माग राख्दै काठमाडौंमा प्रदर्शन « Khabarhub

रुकुम घटना : दोषीलाई कारबाहीको माग राख्दै काठमाडौंमा प्रदर्शन


१४ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तरजातीय प्रेम सम्बन्धका विषयमा रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनाको विषयलाई लिएर बुधबार पनि काठमाडौंमा विरोध प्रर्दशन भएको छ ।

रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा जाजरकोटको भेरी नगरपालिका–४ का दलित युवालाई गाउँलेले लखेटेपछि भेरी नदीमा हाम फालेर मृत्यु भएको घटनाको विषयमा दोषीलाई कडा कारवाही गर्नुपर्ने भन्दै दलित युवा बिद्यार्थीहरुले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा उनीहरुले दोषीलाई कडा कारबाही गर्न र राजनीतिक आडमा घटनालाई ढाकछोप नगर्न माग गरेका छन् । उनीहरुले अन्तरजातीय विवाहका कारण दलितको मृत्यु कहिलेसम्म भन्दै सरकारलाई प्रश्न गरेका थिए ।

भेरी नगरपालिका ४ का नवराज बिक, गणेश बुढा मगर र चौरजहारी नगरपालिका–१ का टीकाराम सुनारको शव भेटिइसकेको छ । भेरी नगरपालिका ११ का गोविन्द शाही, लोकेन्द्र सुनार र भेरी नगरपालिका४ का सन्दीप बिक बेपत्ता छन् । बेपत्ता रहेका तीन जनाको खोजीका लागि तालिम प्राप्त गोताखेरको टोली भेरी नदीमा खटिएको छ ।

घटनाको अनुसन्धान गर्न गृहमन्त्रालयले छानविन समिति समेत गठन गरेको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । केटी पक्षका २० जनाकाविरुद्ध किटानी जाहेरी परेको छ ।

प्रकाशित मिति : १४ जेठ २०७७, बुधबार  ६ : ३१ बजे

ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व

जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता

कर्णाली – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

नेपालमै बन्यो विद्युतीय स्कुटर ‘यात्री पीटू’ : विश्व बजारमा प्रतिस्पर्धा गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेका विद्युतीय सवारीको

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्नेमा जोड

काठमाडौँ– मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई यसमा