एन्फा अध्यक्ष शेर्पाको अभिव्यक्ति विवादमा, प्रतिनिधिसभामा विरोध « Khabarhub

एन्फा अध्यक्ष शेर्पाको अभिव्यक्ति विवादमा, प्रतिनिधिसभामा विरोध


१४ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अखिल नेपाल फूटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले एक अनलाइन सञ्चारलाई दिएको अन्तर्वार्ता विवादमा परेको छ । उनको अभिव्यक्तिले तराईका जनताको भावनामा चोट पुगेको भन्दै प्रतिनिधिसभामा विरोध भएको छ ।

बुधबार प्रतिनिधिसभामा पर्सा क्षेत्र नम्बर २ का सांसद विमलप्रसाद श्रीवास्तवले अध्यक्ष शेर्पाको अभिव्यक्तिमा आपत्ति प्रकट गरे ।

शेर्पाले अमेरिकाबाट सञ्चालन हुने ‘दुर्बिन नेपाल डटकम’ अनलाइन पोर्टलसँगको जुम भिडियो अन्तर्वार्तामा एन्फाले तराईका बालबालिकालाई राष्ट्रियता सिकाउन सुरु गरेको बताएका छन् । उनले तराईमा राष्ट्रियताको ‘फिलिङ’ कम भएकाले आर्मी ब्यारेकमा प्रशिक्षण दिएको पनि बताएका छन् ।

शेर्पाले तराईका चार जिल्लामा ग्रासरुट कार्यक्रम सेनासँग मिलेर सञ्चालन गरिरहेको बताएका छन् । उनले सेनामार्फत तराईका जनतालाई राष्ट्रिय गान सिकाइरहेको पनि उक्त भिडियोमा भनेका छन् ।

शेर्पाको अभिव्यक्तिविरुद्ध संसदमा आवाज उठाएका सांसद श्रीवास्तवले त्यस्तो अभिव्यक्तिले विभेदको विजारोपण गरेको भन्दै शेर्पामाथि कारबाहीको माग गरेका छन् ।

‘एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाजीले नेपाली समाजमा विभेदको विजारोपण गरेको बुझिएको छ । उहाँले मधेसीहरूलाई सेनाको माध्यम लगाएर राष्ट्रिय गान सिकाउँदै छु भन्ने जस्ता अभिव्यक्ति दिनुभएको छ,’ श्रीवास्तवले भने, ‘त्यस्ता अभिव्यक्ति दिने ती जिम्मेवार व्यक्तिलाई छानविन गरी आवश्यक कारबाहीका लागि माग गर्दछु ।’

शर्पाको अभिव्यक्तिले हिमाल पहाड र तराईमा फैलिएको नेपालको, राष्ट्रियता र अखण्डतामाथि आँच पुगेको भन्दै उनको आलोचना भइरहेको छ ।

‘हामीले नेपाल आर्मीसँग सहकार्य गरेर तराईका चार वटा जिल्ला सप्तरी, सिराहा, धनुषा र महोत्तरीमा ग्रासरुट कार्यक्रम सुरु ग¥र्यौं । त्यो कार्यक्रम सुरु गर्नुका पछाडि दुई कारण छन् । पहिलो, तराईका बच्चाहरुलाई फूटबलप्रति आकर्षण बढाउन, दोस्रो उनीहरूलाई राष्ट्रियता सिकाउनका लागि हामीले सुरु गरेका हौं,’ शेर्पाले अन्तर्वार्तामा भनेका छन्, ‘तराई जाँदा राष्ट्रियताको फिलिङ कम छ । नेपाल आर्मीको ब्यारेकमा प्रशिक्षण लिँदा राष्ट्रिय गीतहरु गाउन सिकिरहेका छन् ।’

शेर्पाले ग्रासरुट फूटबल कार्यक्रम नेपालमा सफलताको शिखरमा पुगेको जिकिर पनि गरेका छन् ।

एन्फाको विधानको धारा ३ मा एन्फा तटस्थ तथा भेदभावरहित हुने उल्लेख गरिएको छ । धारा ३ को उपधारा (१) मा ‘एन्फा सबै प्रकारका राजनीतिक तथा धार्मिक विषयवस्तुमा तटस्थ रहनेछ’ भनिएको छ ।

उपधारा (२) मा ‘कुनै व्यक्ति, देश, समूह वा जात, रंगभेद, जाति, राष्ट्रियता वा सामाजिक उत्पत्ति, लिङ्ग, अशक्तता, भाषा, धर्म, राजनीतिक वा अन्य कुनै विचार, धन, जन्म वा अन्य कुनै प्रकारको मर्यादा, यौनिक अभिमुखीकरण अथवा अन्य कुनै कारणहरुको आधारमा कुनै पनि प्रकारको भेदभावभालाई निषेध गरिएको छ र यस्तो कार्य दण्डनीय छ । यस्ता भेदभावका कार्य गरेमा निलम्बन, निस्कासन वा अनुशासनात्मक कारबाही गरिने छ,’ भनिएको छ ।

फिफाको नियमले पनि उक्त प्रकारको विभेद गर्ने व्यक्तिमाथि अनुसन्धान गरी निलम्बनदेखि निस्कासनसम्म गर्न सकिने भनिएको छ । ‘विधानले बर्जित गरेका कुरा भन्न हुने थिएन,’ एक केन्द्रीय सदस्यले खबरहबसँग भने ।

तोडमोड गरियो : अध्यक्ष शेर्पा

यस विषयमा जिज्ञासा राख्दा एन्फा अध्यक्ष शेर्पाले आफूले राष्ट्रियताको विरोधमा केही पनि कुरा नगरेको बताए ।

उनले भने, ‘हामी जहिले पनि राष्ट्रियताकै कुरा गरिरहेका छौँ । राष्ट्रियतालाई बलियो बनाउने र प्रवद्र्धन गर्ने क्रममा हामी लागिरहेका छौँ । राष्ट्रियताको विरोधमा केही पनि कुरा मैले गरेको छैन । फूटबलका माध्यमबाट राष्ट्रियता बलियो बनाउन हामी लागिरहेका छौँ ।’

उनले अफ्नो अन्तर्वार्ताको कुरामा गलत अर्थ लगाएको जिकिर पनि गरेका छन् । उनले भने, ‘फूटबल मन नपराएका मान्छेहरूले अन्तर्वार्तालाई ट्वीस्ट बनाएर जुन किसिमको प्रचारबाजी गरिरहेका छन्, त्यसको निन्दा र घोर भर्त्सना गर्छौं ।’

प्रकाशित मिति : १४ जेठ २०७७, बुधबार  ६ : ५२ बजे

समपूरक र विशेष अनुदान लिन तीन हजार पाँच सय आयोजना प्रस्ताव

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३-८४ का लागि सङ्घीय सरकारबाट समपूरक

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौं– नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि आमाको

रास्वपालाई बधाई दिँदै गगनले भने : गिरीबन्धु, वाइडबडी प्रकरण र नेताका घरमा भेटिएका पैसाको छानबिन हुनुपर्छ

काठमाडौं- सभापति गगनकुमार थापाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन

वेस्ट ब्याङ्कमा भएको निरन्तर इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

जेरुसलेम- इजरायलले वेस्टब्याङ्क क्षेत्रका प्यालेस्टाइनीहरू र उनीहरूको सम्पत्तिमाथि गरेको निरन्तरको

शंकरबेली सिमसारमा दैनिक हजारौँ पर्यटक

धरान– यहाँको रामधुनी नगरपालिका–६स्थित शंकरबेली सिमसार पछिल्ला समय आन्तरिक पर्यटकीय