कोभिड–१९: विश्वभर संक्रमितको संख्या झण्डै १ करोड ! « Khabarhub

कोभिड–१९: विश्वभर संक्रमितको संख्या झण्डै १ करोड !


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वमा झण्डै एक करोड मानिस संक्रमित भएका छन् ।

पछिल्लो अपडेट अनुसार कोरोना भाइरसबाट विश्वका २ सय १५ मुलुकका ९८ लाख ९८ हजार २ सय १४ जना संक्रमित पुगेका छन् । यो समाचार तयार पार्दासम्म ४ लाख ९६ हजार ७७ जना कोरोना संक्रमितको ज्यान गएको छ ।

विश्वभरका संक्रमितमध्ये ५३ लाख ५० हजार ९ सय जना कोरोना संक्रमित कोरोनासँगको लडाइँ जितेर घर फर्किसकेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमित हुनेको संख्या १ लाख ९३ हजार ८ सय ५७ पुगेको छ । यीमध्ये ४ हजार ८ सय ९१ जनाले कोरोनाका कारण २४ घण्टामा ज्यान गुमाएका छन् ।

सयुंक्त राज्य अमेरिकामा पछिल्लो २४ घण्टामा ४७ हजार नयाँ संक्रमित थपिएका छन् । विज्ञहरुले अमेरिकामा कोरोना संक्रमित हुनेको संख्या २ करोड पुगेको अनुमान गरेका छन् ।

यस्तै ब्राजिलमा कोरोना संक्रमितको संख्या अमेरिकापछि बढी छ । ब्राजिलमा १२ लाख ८० हजार ५४ जनामा कोरोना संक्रमण देखिएको छ भने पछिल्लो २४ घण्टामा मात्र ४६ हजार ९ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ब्राजिलमा हालसम्म ५६ हजार जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

पछिल्लो अपडेट अनुसार रसियामा कोरोना संक्रमितको संख्या ६ लाख २० हजार पुगेको छ । रसियामा ८ हजार ७ सय जना संक्रमितले ज्यान गुमाएका छन् भने ३ लाख ८४ हजार संक्रमित निको भइसकेका छन् ।

एसियाली मुलुक भारतमा पनि कोरोना संक्रमितको संख्यामा बृद्धि भएको छ । भारतमा ५ लाख ९ हजार जनामा कोरोना संक्रमण देखिएको छ । अहिलेसम्म भारतमा १५ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ सय ८१ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् ।

भारतमा निको भएर घर फर्किनेको संख्या २ लाख ९५ हजार पुगेको छ ।

युरोपेली देशमध्ये रसियामा सबैभन्दा धेरै संक्रमित देखिएका छन् । यस्तै बेलायत, स्पेन, इटली, जमनी र फ्रान्समा पनि कोरोना संख्या धेरै छ ।

युरोपेली मुलुकमा २३ लाख ८८ हजार ६ सय ९४ जनामा कोरोनाको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १५ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ भने ५ सय बढीले ज्यान गुमाएका छन् । यी मुलुकहरुका १३ लाख २६ हजार ७ सय ३३ जना निको भएर घर फर्किएका छन् भने १ लाख ९० हजारले ज्यान गुमाएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमध्ये सधैभन्दा प्रभावित मुलुक सयुंक्त राज्य अमेरिका देखिएको छ । त्यसपछि मेक्सिको र क्यानडामा पनि संक्रमितको संख्या धेरै देखिएको छ ।

मेक्सिकोमा २ लाख बढीमा कोरोना संक्रमण देखिएको छ भने क्यानडामा १ लाख बढीमा कोरोना पुष्टि भएको छ ।

उत्तर अमेरिकी मुलुकमा २९ लाख ६९ हजार ९ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने पछिल्लो २४ घण्टामा ५७ हजार बढीमा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा यी मुलुकका १ हजार ४ सय जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

एसियाली मुलुकमा सबैभन्दा बढी संक्रमित देखिएको देश भारत हो । भारतपछि इरान, पाकिस्तान, टर्की, साउदी अबर र बंगलादेशमा पनि कोरोना संक्रमितको संख्या उच्च छ ।

यो समाचार तयार पार्दासम्म एसियाली मुलुकमा २१ लाख १८ हजार जनामा कोरोना संक्रमण देखिएको छ भने पछिल्लो २४ घण्टामा ४५ हजार ५ सय जना संक्रमित थपिएका छन् ।

एसियाली मुलुकमा ५२ हजार संक्रमितले ज्यान गुमाइसकेका छन् । यस्तै १३ लाख ७१ हजारभन्दा बढी निको भइसकेका छन् ।

यस्तै दक्षिण अमेरिकी मुलुकमा २० लाख ४९ हजार जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने पछिल्लो २४ घण्टामा थप ६३ हजारमा जनामा कोरोना पोजेटिभ देखिएको छ ।

नेपालमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । शुक्रवार साँझसम्मको अपडेट अनुसार नेपालमा ११ हजार ७ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनालाई जितेर २ हजार ६ सय ९८ जना नेपाली घर फर्किएको जनाएको छ ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ७ : ३४ बजे

नेकपाको माग : विपक्षी र सर्वसाधारण धम्क्याउने मन्त्रीका गतिविधि रोकियोस्

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सांसद रमेश कुमार मल्लले सरकारका केही

जलवायु जोखिम न्यूनीकरणमा विश्वव्यापी सहयोग आवश्यक : प्रधानमन्त्री शाह

मुस्ताङ– प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा

दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर

ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

आईसीयू अन्तर्वार्तामाथि सांसद बास्कोटाको आपत्ति, भनिन्,‘मानिसको जीवनभन्दा ठूलो कन्टेन्ट र भ्यूज हुँदैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले छाउनीस्थित वीरेन्द्र सैनिक