मकैंका फाइदै फाइदा, छालादेखि आखाँसम्मलाई उपयोगी « Khabarhub

मकैंका फाइदै फाइदा, छालादेखि आखाँसम्मलाई उपयोगी


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

असारको दोश्रो साता मकै बाली भित्र्याउने बेला हो । यो सिजनमा पाकेका मकैलाई ढोड सहित वा घोगाँ भाचेर भित्र्याउने गरिन्छ ।

नेपालमा मकै धान र गहुँपछिको तेश्रो अन्नबाली हो । मकैमा शरीरको पोषणका लागि आवश्यक सबै प्रकारको भिटामिन पाइन्छ ।

मकैको सेवनले कोलेस्ट्रोलाई नियन्त्रण गर्दछ । मकै खाँदा तौल पनि नियन्त्रण हुन्छ । मकैमा भिटामिन सी, बायोफ्लेविनाइड्स, क्यारोटेनाइड र फाइबरको मात्रा धेरै पाइन्छ । यसले कोलेस्ट्रोललाई कम गरेर धमनीहरु ब्लक हुनबाट रोक्छ ।

यसमा पाइने फाइबरले कोलेस्ट्रोललाई नियन्त्रित गर्न सहायक गर्दछ । यसका अलावा मकै सेवनबाट निम्न फाइदा पाउन सकिन्छ ।

१. मकैमा पाइने एन्टी अक्सिडेन्ट र फ्लेवेनाइड तत्वले क्यान्सरको खतरा कम गर्दछ ।
२. मकैको सेवनबाट फ्रि रेडिकल्सबाट हुने नोक्सानीबाट बचाउँछ ।
३. मकैमा पाइने फेरुलिक एसिडले स्तन र कलेजोको ट्युमरको आकार घटाँउछ ।
४. मकैमा पाइने जिंक, फोस्फरस, म्याग्नेसियम र आइरनले हड्डीलाई बलियो बनाउँछ ।
५. मकैको सेवनले बाथ रोगको सम्भावना कम गर्दछ ।
६. मकैमा हुने भिटामिन ए र सीले छालालाई चम्किलो बनाउँछ ।
७. मकैको सेवनले अनुहारमा आउने चाउरीपनाबाट समेत बचाँउछ ।
८. मकैमा हुने बिटा–क्यारोटिन, भिटामिन एले आँखाको ज्योती बढाउँछ ।
९. मकैको सेवनले बढ्दो उमेरमा हुने रतन्धोलगायतका सम्भावना कम गर्दछ ।
१०. मकैमा हुने कार्बोहाइड्रेटले शरीरलाई ऊर्जा थप्दछ ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ९ : ५५ बजे

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

काठमाडौँ– कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । जिल्ला

विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई हातेट्याक्टर

काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान

आईपीएल क्रिकेट : पञ्जावको लगातार दोस्रो जित, चेन्नइ पराजित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किंग्सले लगातार दोस्रो

उपसभामुख पदमा श्रम संस्कृति पार्टीको दाबी

काठमाडौँ– श्रम संस्कृति पार्टीले संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उपसभामुखमा दाबी