अख्तरले ६ करोड जायजेथा किन २ हात्तीको नाममा राखे ? « Khabarhub

अख्तरले ६ करोड जायजेथा किन २ हात्तीको नाममा राखे ?


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतको केरलामा गर्भीणी हात्ती विनायकीको हत्या भएपछि हात्तीामाथिको बर्बरताको आलोचना भयो ।

कटहरमा बिष्फोटक पर्दाथ भरेर गर्भीणी हात्तीलाई खुवाएपछि यसले मानिसमा पशुप्रतिको प्रेम मरेको आंकलन गरियो । तर भारतकै एक ब्यक्तिले मानिसमा अझै पनि पशु प्रतिको प्रेम नमरेको उदाहरण पेश गरेका छन् ।

भारतको बिहार निवासी एक ब्यक्तिले हात्तीप्रति प्रेमको अहिले सर्वत्र चर्चा छ ।

उनमा हात्ती प्रतिको प्रेम यति धेरै थियो कि, आफ्नो सबै सम्पती दुई हात्तीको नाममा लेखिदिए । बिहारको जानीपुर निवासी एरावत संस्थाका मुख्य प्रबन्धक ५० बर्षीय अख्तर इमामले आफ्ना दुई हात्ती मोती र रानीका नाममा आफ्नो सम्पुर्ण सम्पति लेखिदिएका छन् ।

अख्तरका अनुसार उनको ज्यानमार्ने उदेश्यले आक्रमण भएको बेला यिनै हात्तीले उनलाई बचाएका थिए । अख्तरका अनुसार हातमा पेस्तोल बोकी आफु तर्फ आएका आक्रमणकारीबाट बचाउन उनका हात्तीले कराएर आफुलाई सचेत गरेका थिए । जसका कारण उनको ज्यान बचेको थियो ।

अख्तरका अनुसार आफ्नै छोराले समेत आफ्नी प्रेमिकासँग दृष्कर्मको आरोपमा उनलाई जेल पुर्याएका थिए । तर उनी निर्दाेष साबित भएर छुटे । अख्तर आफ्ना छोरा मेराजले पशु तस्करसंग मिलेर आफ्ना दुई हात्ती बेच्न लागेको आरोप लगाएका छन् ।

उनी १०बर्षयता श्रीमती र परिवारका अन्य सदस्यबाट एक्लै छन् । त्यसैले उनले आफ्नो सबै सम्पती दुई हात्तीको नाममा लेखिदिएकाहुन् । यदि यी दुबै हात्ती जीवित रहेनन् भने पनि उनका परिवारका कुनै सदस्यले केहि पाउने छैनन् । तर अख्तरले सबै सम्पती हात्तीको नाममा लेखिदिएपछि उनका आफन्तजन विरोधमा उत्रिएका छन् ।

एरावत संस्थाका प्रमुख अख्तरका अनुसार १२ बर्षको उमेरबाटै हात्तीको सेवामा जुटेका उनी पारिवारिक कलहका कारण श्रीमती, २ छोरा र छोरीबाट एक्लै अलग्गै रहदै आएका छन् । उनले आफुलाई झुटो आरोपमा फसाउने जेठो छोरा मेराज उर्फ रिन्कुलाई आफ्नो सम्पतीबाट वञ्चित गरेका छन् ।

उनले अशंवडाका क्रममा सम्पतीको आधा भाग श्रीमती र आधा आफुलाई राखेर आफ्नो भागको करीब ६ करोड भारुको सम्पती आफ्ना दुई हात्तीका नाममा गरेका हुन् । यदि यी हात्तीको मृत्यु भएमा पनि सबै सम्पती एरावत संस्थामा जानेछ ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  १० : ५० बजे

मनोनीत केन्द्रीय सदस्यलाई शपथ गराउँदै ओलीले भने-  ‘एमालेलाई बलियो बनाए अहिलेको धक्काबाट माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको