निर्माण गरिएको एक हप्ता मै भत्कियो नाला « Khabarhub

निर्माण गरिएको एक हप्ता मै भत्कियो नाला


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- कलैया उपमहानगरपालिका–२ मा निर्माण गरिएको नाला एकसाता नबित्दै भत्किएको छ । स्थानीयवासीले ठेकेदार कम्पनीले कमसल निर्माण सामग्रीको प्रयोग गरेको आरोप लगाएका छन् ।

शहरी विकास मन्त्रालयले बोलपत्र आह्वान गरी शहरी विकास कार्यालय वीरगञ्जले ठेक्का सम्झौता गरेको जनाइएको छ । उनीहरुले कार्यालयका कर्मचारी तथा ठेकेदार कम्पनीको मिलेमतोमा कमसल निर्माण सामग्रीको प्रयोग हुँदा नाला भत्किएको जनाएका छन् ।

कलैया उपमहानगरपालिकाभित्र सडक स्तरोन्नति तथा मर्मत गर्न आशिष ओंम साई कन्ट्रक्सन जेभीले २०७६ वैशाख १६ गते ठेक्का पाएको थियो । सो आयोजनाको कुल लागत रु ४८ करोड २२ लाख ५७ हजार ६८९ रहेको छ ।

सडक विस्तार कार्यलाई चार भागमा विभाजन गरी ठेकेदार कम्पनी जेभिले कलैया उपमहानगरपालिका–२ को दोहोरी स्कुलदेखि पकडी गाउँसम्म निर्माण गरिरहेको नालामा कमसल सामग्री प्रयोग गरी बनाएकाले नाला चुहिने गरेको स्थानीय उपेन्द्र यादवले बताए ।

उनले ८७ सेन्टि मिटर अग्लो नाला भत्किदा नालाको पानी स्थानीयको घर खेतमा पसेको जानकारी दिए । कार्यालयका इञ्जिनियर धिरेन्द्र यादवले निर्माणको अनुगमन गरिने र भत्किएको भए पुन निर्माण गर्न लगाउने बताए ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ३ : १३ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले