जनमत पार्टीका ७ केन्द्रीय सदस्यद्वारा पार्टी परित्याग « Khabarhub

जनमत पार्टीका ७ केन्द्रीय सदस्यद्वारा पार्टी परित्याग


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

परासी- सिके राउत नेतृत्वको जनमत पार्टीका ७ जना केन्द्रीय सदस्यले पार्टी  छाडेका छन् ।

शनिबार पश्चिम नवलपरासीको परासीमा पत्रकार सम्मेलन गर्दै उनीहरुले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

पार्टी परित्याग गर्नेमा केन्द्रीय सदस्यहरु कैलाश महतो नवलपरासी, सतिला यादव सिरहा, दिनेश प्रसद यादव बारा, संजयकुमार साह पर्सा, धुव्र प्रसाद कहांर नवलपरासी, राजमती पासवान नवलपरासी रहेका छन् ।

सिके राउतले मधेशको एजेण्डा छाडेको र तानासाही तवरले पार्टी सञ्‍चालन गर्न खोजेकाले पार्टीमा बस्‍नुको औचित्य नभएको उनीहरुले बताएका छन् ।

केन्द्रीय सदस्य समेत रहेका कैलाश महतो भने, ‘जनमत पार्टी स्थापना गरेपछि राउतले एकलौटी ढंगले पार्टी हाक्न खोजेको र नातावादमा अल्झिएर तराई मधेशको एजेण्डालाई छोडेपछि हामीले पार्टी परित्याग गरेका हौ ।’

उनी यस अघि राउतले सञ्‍चालन गरेको स्वतन्त्र मधेश संगठनको केन्द्रीय उपाध्यक्ष थिए ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ४ : १३ बजे

बलात्कारका दोषीलाई साउदी अरबमा ‘शिरच्छेदन’, उत्तर कोरियामा ‘सीधै गोली’, अन्त के छ ?

काठमाडौं- बाराको सिमराकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएसँगै

मूल विचार र रणनीतिलाई नजरअन्दाज गर्दा कम्युनिष्ट आन्दोलनले धोका खायो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

रविको चिन्ता : घण्टीमा भोट हालेका मतदाता बोल्न थाले हामीलाई गाह्रो हुन्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारका कामकारबाहीबारे

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा : शिक्षामन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई सरकारले

‘हामीले बितेका ३५ वर्षको हिसाब खोज्ने होइन, भोलिका ३५ वर्षको योजना बनाउन थालौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र