रौतहटमा असईसहित तीन निलम्बित « Khabarhub

रौतहटमा असईसहित तीन निलम्बित


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट- प्रदेश नम्बर २ प्रहरी कार्यालय जनकपुरधामले रौतहटका तीन प्रहरी कर्मचारीलाई निलम्बन गरेको हो ।

रौतहटमा कार्यरत दुई असई र एक जवान गरी तीनजना निलम्बित भएका हुन् । निलम्बनमा पर्नेमा रौतहटको इलाका प्रहरी कार्यालय पिपरा रजबाडा दरबन्दी भई प्रहरी चौकी औरैयामा कार्यरत प्र.स.नि. ललित शाह र सोही कार्यालयमा कार्यरत प्र.ज. दिनेश हजरा रहेका छन् ।

यसैगरी इलाका प्रहरी कार्यालय देवाही गोनाही दरबन्दी भई प्रहरी चौकी ब्रह्मपुरीमा कार्यरत प्र.स.नि. संजीवकुमार झा पनि निलम्बनमा परेका छन् ।

असई शाह र जवान हजराले वित्तीय अपराध (हुन्डी) मा सहयोग पुर्‍याएको आरोप छ । गत हप्ता ईशनाथको औरैयामा एक जना हुन्डी कारोबारीबाट बरामद भएको रकमभन्दा कम देखाएर बाँकी रकम लुकाएको आरोप उनीहरुमाथि लागेको छ ।

प्रहरी चौकी ब्रह्मपुरीका इन्चार्ज असई झा मध्यरातमा एकजना महिलासित आपत्तिजनक अवस्थामा स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएको थियो ।

प्रदेश -२ प्रहरी कार्यालय जनकपुरधामले प्रेस विज्ञप्तिमार्फत तीन जनालाई निलम्बन गरिएको जानकारी गराएको हो ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ७ : ४५ बजे

पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते

पर्वत – पर्वतको फलेवास नगरपालिका-१० कुर्घामा अटोरिक्सा दुर्घटना हुँदा एकको

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर