प्रदेश सरकारले सलह प्रतिकिलो २० रुपैयाँमा किन्ने « Khabarhub

प्रदेश सरकारले सलह प्रतिकिलो २० रुपैयाँमा किन्ने


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सलह किरा नेपालमा प्रवेश गरेपछि नियन्त्रण गर्न प्रदेश सरकारले नयाँ अभ्यास थालेको छ । प्रदेश ५ सरकारले सलह किरा समातेर ल्याउनेलाई नगद दिने निर्णय गरेको छ ।

शनिबार प्रदेश ५ मा सलह किरा देखिएपछि प्रदेश सरकारले एक किलो सलह किरा ल्याएबापत २० रुपैयाँ दिने निर्णय गरेको हो ।

अब प्रदेश सरकारले सलह किरा लिएर आउनेलाई तत्काल नगद दिने छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर वलीका अनुसार सलह किराले पुर्‍याउन सक्ने क्षति कम गर्न विभिन्न उपायमध्ये किरा संकलन गरेर स्थानीय तहका वडा कार्यालयमा बुझाउनेलाई एक किलोग्रामको २० रुपैयाँका दरले नगद प्रोत्साहन दिने व्यवस्था गरिएको हो ।

सलह किरा दिउँसो उड्ने र साँझमा बास बस्ने भएकाले बास बसेकै ठाउँबाट संकलन गर्न सकिने भएकाले सलह संकलन गर्न र सरकारले दिने प्रोत्साहन बापतको रकम लिन अपिल गरेको छ ।

यसले सलह नियन्त्रण हुने र खेती जागिने महत्वपूर्ण उपाय भएको प्रदेश सरकारको ठहर छ । मालाथिन र क्लोरपाइरिफोस विषादी पानीमा मिसाएर छर्केर पनि सलह नष्ट गर्न सकिने मन्त्रालयले जनाएको छ ।

यसरी विषादी बनाउँदा ३ मिलिलिटर मालाथिनमा एक लिटर पानी र २ मिलिलिटर क्लोरपाइरिफोसमा एक लिटर पानी मिसाउन सकिने मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयले खेती जोगाउन पनि अपील गरेको छ । मन्त्रालयले धानको बीउलाई सुरक्षित गर्न त्रिपाल वा प्लास्टिकले ढाकेर राख्न अनुरोध गरेको छ ।

सलह किरा हावाको वहाव जता हुन्छ, त्यतै जान्छ । शनिबार रुपन्देहीमा देखिएका सलह पाल्पा र गुल्मीतर्फ लागेका मन्त्रालयले जनाएको छ । सलह किराको ठूलो झुण्डले बास बसेको ठाउँमा एक रातमा ३५ हजार मानिसको खाना बराबर बालीनाली नोक्सान गर्छ ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ८ : ०० बजे

तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका किसानलाई आर्थिक रूपमा सक्षम

इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता

इस्लामावाद – इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी उपराष्ट्रपति जेडी

सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले चितवनमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी

रौतहटको ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरिँदै

रौतहट– रौतहटको ग्रामीण भेगमा वैकल्पिक ऊर्जाका रूपमा गोबरको गुइँठा प्रयोग