प्रदेश सरकारले सलह प्रतिकिलो २० रुपैयाँमा किन्ने | Khabarhub Khabarhub

प्रदेश सरकारले सलह प्रतिकिलो २० रुपैयाँमा किन्ने


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सलह किरा नेपालमा प्रवेश गरेपछि नियन्त्रण गर्न प्रदेश सरकारले नयाँ अभ्यास थालेको छ । प्रदेश ५ सरकारले सलह किरा समातेर ल्याउनेलाई नगद दिने निर्णय गरेको छ ।

शनिबार प्रदेश ५ मा सलह किरा देखिएपछि प्रदेश सरकारले एक किलो सलह किरा ल्याएबापत २० रुपैयाँ दिने निर्णय गरेको हो ।

अब प्रदेश सरकारले सलह किरा लिएर आउनेलाई तत्काल नगद दिने छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर वलीका अनुसार सलह किराले पुर्‍याउन सक्ने क्षति कम गर्न विभिन्न उपायमध्ये किरा संकलन गरेर स्थानीय तहका वडा कार्यालयमा बुझाउनेलाई एक किलोग्रामको २० रुपैयाँका दरले नगद प्रोत्साहन दिने व्यवस्था गरिएको हो ।

सलह किरा दिउँसो उड्ने र साँझमा बास बस्ने भएकाले बास बसेकै ठाउँबाट संकलन गर्न सकिने भएकाले सलह संकलन गर्न र सरकारले दिने प्रोत्साहन बापतको रकम लिन अपिल गरेको छ ।

यसले सलह नियन्त्रण हुने र खेती जागिने महत्वपूर्ण उपाय भएको प्रदेश सरकारको ठहर छ । मालाथिन र क्लोरपाइरिफोस विषादी पानीमा मिसाएर छर्केर पनि सलह नष्ट गर्न सकिने मन्त्रालयले जनाएको छ ।

यसरी विषादी बनाउँदा ३ मिलिलिटर मालाथिनमा एक लिटर पानी र २ मिलिलिटर क्लोरपाइरिफोसमा एक लिटर पानी मिसाउन सकिने मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयले खेती जोगाउन पनि अपील गरेको छ । मन्त्रालयले धानको बीउलाई सुरक्षित गर्न त्रिपाल वा प्लास्टिकले ढाकेर राख्न अनुरोध गरेको छ ।

सलह किरा हावाको वहाव जता हुन्छ, त्यतै जान्छ । शनिबार रुपन्देहीमा देखिएका सलह पाल्पा र गुल्मीतर्फ लागेका मन्त्रालयले जनाएको छ । सलह किराको ठूलो झुण्डले बास बसेको ठाउँमा एक रातमा ३५ हजार मानिसको खाना बराबर बालीनाली नोक्सान गर्छ ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ८ : ०० बजे

जंगली हात्ती दिउँसै बस्तीमा पसेपछि स्थानीय त्रसित

कञ्चनपुर– कञ्चनपुरको लालझाडी गाउँपालिका–४ स्थित जाई–पर्सिया गाउँमा दिउँसै जंगली हात्ती

युएई पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी

पर्यटकका पखाइमा म्याग्दीको पुलाश्रम

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–५ मा अवस्थित पुलाश्रम (पछै) पर्यटकको पर्खाइमा

कार्यस्थलमा छैन स्तनपान कक्ष

चितवन– सरकारले सुत्केरी महिलाका लागि तीन महिना बिदा दिने गरेको

ताप्लेजुङको लामपोखरी पर्यटकको पर्खाइमा

ताप्लेजुङ– ताप्लेजुङको मिक्वाखो गाउँपालिका- ५ लोदेन क्षेत्रस्थित लामपोखरी पर्यटकको पर्खाइमा