घर कस्तो माटोमा बनाउँदा राम्रो ? « Khabarhub

घर कस्तो माटोमा बनाउँदा राम्रो ?


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

निकै बर्षको मेहनत र परीश्रमबाट कमाएको पुजीँबाट मानिसले आफ्नो घर बनाउने गर्दछन् ।

त्यसैले घर सबैका लागी महत्वपुर्ण हुन्छ । तसर्थ शास्त्रमा घर बनाउने विभिन्न विधि वा नियमहरु तोकिएका छन् । घरको सजावट, बनावट, घर बनाउनु पूर्वको काम र बनाइसके पछिको कामलाई वास्तुशास्त्रमा सुझाइएको हु्न्छ ।

सेतो, रातो, पहोलोसहित ६ प्रकारको रसले सम्पन्न, एकै वर्णले युक्त, गाई, गोरुको लागि प्रिय एवं कमलको सुगन्धले भरिएको, दक्षिण र पश्चिम दिशामा अलिकति माथि उठेको जग्गा घर बनाउनको लागि उपयुक्त हुने शास्त्रीय मान्यता छ ।

वास्तु अनुसार कस्तो ठाउँमा घर बनाउने ? घर बनाउँदा यसको मुख्य ढोका कतापट्टी राख्ने लगायतका विषय हुन्छन् । वास्तु शास्त्रहरुमा भूमिलाई विभिन्न कर्म वा वर्ण अनुसार विभाजन गरीएको छ ।

ब्राम्हण भूमि
सेतो रंगको माटो भएको मधुर रसयुक्त, सुगन्ध भएको र कुश घाँसबाट युक्त भएको भूमि ब्राह्मण वर्णको कर्मका लागी उपयुक्त मानिन्छ । यस प्रकारको भूमिमा ब्राम्हणले घर बनाएर बस्नु उपयुक्त हुने मान्यता छ ।

२. क्षत्रीय भूमि
रातो रंगको माटो भएको कषाय रसयुक्त रक्तगन्धा र मुंज घास भएको भूमि क्षेत्रीय कर्मको लागि वा शान्ति सुरक्षा सम्बन्धी कामको लागि उपयुक्त हुन्छ । यस प्रकारको भूमिमा क्षेत्रीयहरुले घर बनाएर बस्नु उपयुक्त मानिन्छ ।

३. वैश्य भूमि
हरियो रंगको माटो भएको अम्ल रसयुक्त शस्यगन्धा र काश वृक्ष भएको भूमि व्यापारमूलक एवं उब्जनीको काम गर्न उपयुक्त भूमि हो । यस प्रकारको भूमि वैश्यहरुका लागी घर बनाउन उपयुक्त मानिन्छ ।

४. शूद्र भूमि
कालो रंगको माटो भएको र सबै प्रकारको घासले युक्त भूमि सेवामुलक कामका लागी उपयुक्त मानिन्छ । यो भूमिमा शूद्रले घर बनाएर बस्नु उपयुक्त मानिन्छ ।

यस अलावा जुन भूमिमा यज्ञका लागी उपयोगी वृक्ष वा सुगन्ध दिने वृक्ष छन् त्यस भूमिमा ब्राम्ह्णीय कर्मको लागि उपयोगी मानिन्छ । तर कुनै भूमिमा काँडेदार वृक्ष रहेको छ वा कठोर वृक्षहरु छन् भने त्यो क्षत्रीय कर्मका लागी उत्तम मानिन्छ । त्यस्तै कुनै भूमिमा फल लागेका वृक्ष छन् भने त्यस्ता भूमि वैश्यहरुका लागि उपयुक्त मानिन्छ । त्यस्तै पशुपालन गर्न मिल्ने भूमिहरु शूद्रका लागि राम्रो मानिन्छ ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ११ : २२ बजे

ट्राफिक प्रहरीको कारबाहीबाट २१ लाख ८६ हजार राजस्व दाखिला

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले एकै दिन दुई हजार २९९

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा करिब दुई हजार विद्यार्थी दीक्षित हुँदै

कर्णाली– मध्यपश्चिम विश्वविद्यालयले सिनेट, दीक्षान्त र वार्षिकोत्सव बुधबार आयोजना गर्ने

राधास्वामी होल्डिङ सेन्टरमा तीन दिनदेखि खाना बन्द : आश्रित भोकभोकै

काठमाडौँ – कीर्तिपुरको राधास्वामीस्थित सुकुमवासी होल्डिङ सेन्टरमा तीन तीनदेखि खाना

मुस्ताङमा नियन्त्रणमा लिइएका ‘बीवाईडी’ विद्युतीय सवारी साधन फुकुवा

मुस्ताङ– मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बीवाईडी कम्पनीको

निर्माणाधीन संसद्‍ भवन, केही काम अझै बाँकी (तस्बिरहरू)

काठमाडौँ– सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनभित्रको प्रतिनिधि सभाको नयाँ हल निर्माण