कोरोना भाइरस : विश्वभर १ करोड ६४ लाखभन्दा बढीमा संक्रमण « Khabarhub

कोरोना भाइरस : विश्वभर १ करोड ६४ लाखभन्दा बढीमा संक्रमण


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर १ करोड ६४ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख १६ हजार ३४० जनामा संक्रमण देखिएको छ । योसँगै सोमबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ६४ लाख १२ हजार २६२ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म निको हुने संक्रमितको संख्या १ करोड ४२ हजार २१० छ ।

पछिल्लो २४ घण्टामा ४ हजार १०४ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ५२ हजार ३३ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख १ हजार ४३६ जनाको मृत्यु भएको छ । २७ लाख ७८ हजार ७५ जना संक्रमित भएकोमा १६ लाख ७० हजार ६९ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा २ लाख ८ हजार २६० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५१ लाख २३ हजार २०३ पुगेको छ । त्यसमध्ये २५ लाख ५८ हजार ४६५ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ८९ हजार ९६९ जनाको मृत्यु भएको छ । ३९ लाख १४० जना संक्रमित भएकोमा २८ लाख १६ हजार ३४५ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ३४ हजार ९ जनाको मृत्यु भएको छ । ३७ लाख ३६ हजार २९५ जना संक्रमित भएकोमा २४ लाख ८७ हजार २३९ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १७ हजार ८०८ जनाको ज्यान गएको छ भने ८ लाख ५० हजार ६२८ संक्रमित छन् । संक्रमितमध्ये ४ लाख ९४ हजार २२४ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा १७७ जनाको मृत्यु भएको छ । १६ हजार १३२ जना संक्रमित भएकोमा १० हजार ६४३ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ६ : २० बजे

गोली हानेर लागुऔषध कारोबारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले लागुऔषध कारोबारी भारतीय नागरिकलाई गोली हानेर

बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो

बैतडी – बैतडीको गैराखानमा भएको बस दुर्घटनामा परी घाइते हुनेको

सरकार मुलुकको आर्थिक सङ्कट समाधान गर्न अग्रसर हुनुपर्ने : एमाले

काठमाडौं – नेकपा (एमाले)ले वर्तमान सरकार मुलुकको आर्थिक सङ्कट समाधान

जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयो : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

खुला सीमाको फाइदा उठाउँदै डिम्ब तस्करी गराउने गिरोह सक्रिय, किशोरी जोखिममा

काठमाडौं- नेपालको सीमावर्ती क्षेत्रबाट आर्थिक प्रलोभन देखाएर नेपाली किशोरी तथा