कोरोना भाइरस : विश्वभर १ करोड ६४ लाखभन्दा बढीमा संक्रमण | Khabarhub Khabarhub

कोरोना भाइरस : विश्वभर १ करोड ६४ लाखभन्दा बढीमा संक्रमण


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर १ करोड ६४ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख १६ हजार ३४० जनामा संक्रमण देखिएको छ । योसँगै सोमबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ६४ लाख १२ हजार २६२ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म निको हुने संक्रमितको संख्या १ करोड ४२ हजार २१० छ ।

पछिल्लो २४ घण्टामा ४ हजार १०४ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ५२ हजार ३३ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख १ हजार ४३६ जनाको मृत्यु भएको छ । २७ लाख ७८ हजार ७५ जना संक्रमित भएकोमा १६ लाख ७० हजार ६९ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा २ लाख ८ हजार २६० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५१ लाख २३ हजार २०३ पुगेको छ । त्यसमध्ये २५ लाख ५८ हजार ४६५ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ८९ हजार ९६९ जनाको मृत्यु भएको छ । ३९ लाख १४० जना संक्रमित भएकोमा २८ लाख १६ हजार ३४५ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ३४ हजार ९ जनाको मृत्यु भएको छ । ३७ लाख ३६ हजार २९५ जना संक्रमित भएकोमा २४ लाख ८७ हजार २३९ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १७ हजार ८०८ जनाको ज्यान गएको छ भने ८ लाख ५० हजार ६२८ संक्रमित छन् । संक्रमितमध्ये ४ लाख ९४ हजार २२४ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा १७७ जनाको मृत्यु भएको छ । १६ हजार १३२ जना संक्रमित भएकोमा १० हजार ६४३ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ६ : २० बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं