अक्षय कुमारको फिल्ममा लारा दत्ता इन्दिरा गान्धी बन्ने « Khabarhub

अक्षय कुमारको फिल्ममा लारा दत्ता इन्दिरा गान्धी बन्ने


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – कोरोना भाइरस संकटपछि बलिउडकर्मी बिस्तारै काममा फर्किन लागेका छन् । बलिउडमा निर्माता निर्देशकलाई पुनः काम गर्ने इजाजत मिलिसकेको छ ।

यता अक्षय कुमार पनि फिल्म ‘बेल बटम’ का कारण चर्चामा छन् । खबरका अनुसार अक्षयले यो फिल्मको छायांकन छिट्टै गर्दैछन् ।

अक्षयले केही समयअघि उक्त फिल्ममा हुने शीर्ष कलाकारको तस्वीर शेयर गरेका थिए । उनले तस्वीर शेयर गर्दै लेखेका थिए – हामीले जे काम सबैभन्दा राम्रो गर्न सक्छौं, त्यो अब शुरु गर्नेवाला छौं । अब काममा फर्किने समय आएको छ । ‘बेल बटम’ आगामी महिनादेखि फ्लोरमा जानेवाला छ ।

अक्षयले यसअघि नै घोषणा गरिसकेको यो फिल्मबारे अर्को खबर पनि बाहिरिएको छ । भारतीय मिडियाका अनुसार फिल्ममा लारा दत्ताले इन्दिरा गान्धीको भूमिका निभाउने भएकी छिन् ।

यो भूमिकाका लागि लामो समयदेखि कलाकारको खोजी भइरहेको थियो । अक्षयलाई लाग्यो कि, यो भूमिकाका लागि लारा दत्ताले जत्तिको अरुले यो भूमिका निभाउन सक्दैनन् ।

फिल्मका लागि लाराले आफ्नो लूक पनि बदलेकी छिन् ।

फिल्म ८० को दशकको माहोल देखाइनेछ । यस्तै फिल्ममा अक्षय कुमार एक एजेन्टको भूमिकामा देखिनेछन् । जसले देशमा हुने षडयन्त्रलाई चिर्ने प्रयास गर्नेछन् ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ११ : २६ बजे

कृषिमन्त्रीद्वारा कालीमाटी बजारको अनुगमन

काठमाडौं– कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता

श्रममन्त्री साह पदबाट हट्दा प्रधानमन्त्रीले किन दिए स्वास्थ्यमन्त्री मेहतालाई चेतावनी ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१ अंकले

फ्रान्समा चार आप्रवासीको मृत्यु

पेरिस- उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार चार

चौध दिनमै पदमुक्त भए श्रममन्त्री साह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार