अंकितको ‘सङ अफ क्लाउड’ ले जित्यो ५ सय युरो पुरस्कार « Khabarhub

अंकितको ‘सङ अफ क्लाउड’ ले जित्यो ५ सय युरो पुरस्कार


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अकिंत पौडेलले निर्देशन गरेको फिल्म ‘सङ अफ क्लाउड’ ले पुरस्कार जितेको छ । इटलीमा आयोजना गरिएको ‘एसोलो आर्ट फिल्म फेस्टिभल’ मा फिल्मले पुरस्कार हात पारेको हो ।

आर्ट फिल्म विधातर्फ फिल्मले ५ सय युरोको पुरस्कार जितेको हो । मान्छेको मृत्युपछिको जीवनको कल्पना गरी फिल्म तयार पारिएको छ ।

फिल्म ‘सङ अफ क्लाउड’ को यसअघि जनवरीमा सनडान्स फिल्म फेस्टिभलमा प्रिमियर गरिएको थियो । फिल्मले अन्य विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पनि सहभागिता जनाएको छ ।

यसअघि फिल्लमे वर्ल्ड फेस्ट हस्टन इन्टरनेशनल फिल्म फेस्टिभलमा पनि अवार्ड जितेको थियो ।

काठमाडौंको अस्कर कलेजमा अध्ययन गरेका अकिंतले २० वटाभन्दा बढी फिल्ममा छायांकारका रुपमा काम गरेका छन् । ‘सङ अफ क्लाउड’ उनको निर्देशकीय डेब्यु फिल्म हो ।

फिल्ममा स्क्रिप्ट र छायांकन पनि निर्देशक पौडेलकै रहेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  १२ : २६ बजे

परराष्ट्रमन्त्री खनाललाई रुसी समकक्षीको बधाई

काठमाडौँ– रूसका परराष्ट्रमन्त्री सर्गेई लाभरोभले नेपालको परराष्ट्रमन्त्रीमा शिशिर खनाल नियुक्त

गृहमन्त्री सुधन गुरुङले गरे पशुपतिनाथ मन्दिरको दर्शन

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्।

महावीर पुन सांसद भएर पनि किन किताब बेच्छन् ?

काठमाडौँ – प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक

बैतडीको श्रीपुर स्वास्थ्य केन्द्रमा ‘सतर्कता केन्द्र’ सञ्चालन

बैतडी– महामारी तथा विपदका बेला सूचना आदानप्रदान गर्न शिवनाथ गाउँपालिका–३

अस्वीकृत धूनदेखि राष्ट्रिय अवार्डसम्म: ‘क्या हुआ तेरा वादा’ को कथा

काठमाडौँ – बलिउडको संगीत इतिहासमा केही यस्ता गीत हुन्छन्, जुन