अंकितको ‘सङ अफ क्लाउड’ ले जित्यो ५ सय युरो पुरस्कार « Khabarhub

अंकितको ‘सङ अफ क्लाउड’ ले जित्यो ५ सय युरो पुरस्कार


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अकिंत पौडेलले निर्देशन गरेको फिल्म ‘सङ अफ क्लाउड’ ले पुरस्कार जितेको छ । इटलीमा आयोजना गरिएको ‘एसोलो आर्ट फिल्म फेस्टिभल’ मा फिल्मले पुरस्कार हात पारेको हो ।

आर्ट फिल्म विधातर्फ फिल्मले ५ सय युरोको पुरस्कार जितेको हो । मान्छेको मृत्युपछिको जीवनको कल्पना गरी फिल्म तयार पारिएको छ ।

फिल्म ‘सङ अफ क्लाउड’ को यसअघि जनवरीमा सनडान्स फिल्म फेस्टिभलमा प्रिमियर गरिएको थियो । फिल्मले अन्य विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पनि सहभागिता जनाएको छ ।

यसअघि फिल्लमे वर्ल्ड फेस्ट हस्टन इन्टरनेशनल फिल्म फेस्टिभलमा पनि अवार्ड जितेको थियो ।

काठमाडौंको अस्कर कलेजमा अध्ययन गरेका अकिंतले २० वटाभन्दा बढी फिल्ममा छायांकारका रुपमा काम गरेका छन् । ‘सङ अफ क्लाउड’ उनको निर्देशकीय डेब्यु फिल्म हो ।

फिल्ममा स्क्रिप्ट र छायांकन पनि निर्देशक पौडेलकै रहेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  १२ : २६ बजे

हेटौँडामा प्रदेशका शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन सुरु

हेटौँडा– शिक्षा क्षेत्रको विकास, उच्च शिक्षाको गुणस्तर सुधार तथा अन्तरप्रदेशीय

क्षेप्यास्त्र उत्पादनमा अमेरिका–जापान सहकार्य

काठमाडौँ – अमेरिका र जापानले उन्नत मध्यम दूरीका हावाबाट हावामा प्रहार

टेम्केमैयुङका स्थानीयलाई विद्युतीय चुलो वितरण

भोजपुर– ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जाको प्रयोग बढाउँदै परम्परागत खाना पकाउने

मस्तिष्कघातबाट ५० हजारभन्दा बढी प्रभावित

काठमाडौँ– मुलुकमा प्रत्येक वर्ष मस्तिष्कघातबाट ५० हजारभन्दा बढी मानिस प्रभावित

जनकपुरविरुद्ध काठमाडौंले जित्यो टस

काठमाडौं– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत जनकपुर