कोरोना नियन्त्रण गर्न सरकारले गरेका कामको नकारात्मक प्रचार भयो : मन्त्री ढकाल « Khabarhub

कोरोना नियन्त्रण गर्न सरकारले गरेका कामको नकारात्मक प्रचार भयो : मन्त्री ढकाल


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गरेका प्रयासहरुलाई नकारात्मक रुपमा प्रचारबाजी गर्ने काम भइरहेको बताएका छन्।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालको १३१ औं वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री ढकालले कोरोना नियन्त्रणका लागि सरकारले सीमित स्रोत साधनका बाबजुत पनि प्रभावकारी रुपमा काम गरेको भएपनि नकारात्मक टिकाटिप्पणी र प्रचारबाजी भइरहेको बताए ।

जनता र राष्ट्रप्रतिको जवाफदेहितालाई मध्यनजर गर्दै सरकारले कोरोना नियन्त्रणका लागि गरेको प्रयास दक्षिण एसियामा नै राम्रो भएको मन्त्री ढकालले दाबी गरे ।

उनले कोरोना महामारी नियन्त्रणको विषयलाई राजनीतिक नबनाउन आग्रह गर्दै कोरोनाले कुनै पार्टी वा जात नभन्ने बताए ।

उनले कोरोना महामारीलाई अन्त्य गर्न सबै एकतावद्ध भएर लड्न आवश्यक रहेको पनि बताए ।

मन्त्री ढकालले वीर अस्पताललाई जनताले अनुभूति गर्ने गरी वीर अस्प्तालको सेवा हुन नसकेको भन्दै यसलाई सुधार गर्दै अघि बढ्नुपर्ने बताए ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ३ : ४१ बजे

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको

ट्याक्टरले च्यापिएर चालकको मृत्यु

गोरखा – गोरखामा बारी जोत्ने ट्याक्टरले चेपेर चालकको मृत्यु भएको