कानूनमन्त्री तुम्बाहाङ्फे र जापानी राजदूतबीच भेटवार्ता « Khabarhub

कानूनमन्त्री तुम्बाहाङ्फे र जापानी राजदूतबीच भेटवार्ता


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङफे र नेपालका लागि जापानी राजदूत माशामिची साइगाबी शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा मन्त्री तुम्बाहाङफेले नेपाल–जापानको दौत्य सम्बन्ध धेरै लामो समयदेखि रहेको उल्लेख गर्दै जापान सरकारले पुर्‍याएको सहयोगको लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा आपसी सहयोग आदानप्रदानले दुई देशबीचको सम्बन्ध थप बलियो हुने बताइन् ।

उनले कानून निर्माण प्रक्रियामा दुई देशबीच भएका अनुभव आदानप्रदानबाट राम्रा अभ्यासलाई आत्मसात् गर्ने मौकासमेत मिल्ने भएकाले यसले कानून र न्यायको क्षेत्रमा सकारात्मक प्रभाव पर्ने बताइन् ।

राजदूतले साईगाले आगामी नोभेम्बर महिनामा हुने अन्तर्राष्ट्रिय न्यायिक अदालतको न्यायाधीशका लागि हुने चुनावमा जापानका तर्फबाट उम्मेद्वार रहेका हाल आइसीजेको बहालवाला न्यायाधीश डा ईवासावा युजीको पुनः निर्वाचनका लागि सहयोग गर्न आग्रह गरेका थिए ।

सो आग्रहमा मन्त्री तुम्बाहाङफेले जापानको उम्मेद्वारका लागि सहयोगको अपिलका सन्दर्भमा सकारात्मक रुपमा लिएको र नेपाल–जापानको सांसदबीच हुने गरेको दुई देशका संसदीय अभ्यासको अनुभव आदानप्रदान कार्यले संसदीय प्रक्रियामा सकारात्मक प्रभाव पार्ने कुरालाई निरन्तरता प्रदान गर्नुपर्ने बताइन् ।

राजदूतले साईगाले जापान सरकारले नेपालको न्याय तथा कानूनको क्षेत्रको विकासका लागि लिगल एडभाइजर उपलब्ध गराएको, विशेष गरी देवानी संहिता निर्माण प्रक्रियामा सहयोग पुर्‍याइ अनुभव आदानप्रदान गर्ने मौका पाएको अनुभव सुनाइन् ।

राजदूत साईगोले जाइकाले नेपालका न्यायाधीश, न्याय तथा कानूनका क्षेत्रका कर्मचारी र अधिवक्ताका लागि प्रदान गर्दै आइरहेको तालिम कोभिड–१९ का कारणले स्थगित रहेकोमा अनुकूल स्थिति भएपछि त्यस्ता तालिमका कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ६ : ४५ बजे

सुनसरी घटनाले सरकारको अयोग्यता प्रष्ट पार्यो: योगेश भट्टराई

काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सुनसरीमा घटेको

आइसीसी एकदिवसीय विश्वकप छनोट : १२ टोलीले मात्रै ‘सुपर १२’ खेल्ने

काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले सन् २०२७ मा

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, आयोगको प्रमुख आयुक्तमा प्रस्तावित कार्कीको सुनुवाइ हुने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

आज विश्व बाघ दिवस मनाइँदै, बाघ गणनाको पछिल्लो संख्या सार्वजनिक गरिँदै

काठमाडौँ– आज विश्व बाघ दिवस मनाइँदै छ । प्रत्येक वर्ष