काँग्रेसद्वारा आधारभूत प्रशिक्षण पुस्तिका प्रकाशन « Khabarhub

काँग्रेसद्वारा आधारभूत प्रशिक्षण पुस्तिका प्रकाशन


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली काँग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलेआधारभूत प्रशिक्षण पुस्तिकाप्रकाशनमा ल्याएको छ ।

प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले पुस्तिकामा पार्टीका विभिन्न विषय समावेश गरिएको जानकारी दिए ।

दाहालका अनुसार पुस्तिकाबाट नेपाली काँग्रेसको प्रारम्भ, आदर्श, सिद्धान्त, नीति, कार्यक्रम, पार्टीको इतिहास र योगदान समावेश गरिएको छ ।

यस्तै पार्टी नेतृत्वको सरकारले प्राप्त गरेका उपलव्धी, आर्थिक–सामाजिक नीतिहरु, परराष्ट्र सम्वन्ध, कम्युनिष्ट नेतृत्वको सरकारको मूल्यांकन , साम्यवाद र लोकतन्त्रकाबीचको भिन्नता पनि पुस्तिकमा समेटिएको उनले जानकारी दिए ।

कम्युनिष्ट पार्टीसहितका अन्य पार्टी र नेपाली काँग्रेसकाबीच भिन्नता, आगामी दिनमा काँग्रेसले गर्ने र गर्नसक्ने योजनाहरुलगायका विषय पुस्तिकामा समावेश गरिएको छ ।

यसलाई छापा माध्यम मार्फत पनि चाँडै प्रकाशन गर्ने उनले जानकारी दिए । पुस्तिकामा पार्टीको विधान र प्रशिक्षणकलाबारे समेत अध्ययन सामग्री प्रस्तुत गरिएकाले यसबाट पार्टी पंक्ति र जिज्ञाषुहरुले आवश्यक जानकारी लिन पाउने उनको विश्वास छ ।

पार्टीका सदस्यहरुका लागि प्रशिक्षण यही पुस्तिकाको आधारमा गर्नुहुन सम्पूर्ण प्रशिक्षक र जिल्ला प्रशिक्षण शाखाहरुलाई समेत आग्रह गरिएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ७ : ४० बजे

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन