कपिलवस्तुका कोरोना संक्रमितको बुटवलमा उपचारका क्रममा मृत्यु « Khabarhub

कपिलवस्तुका कोरोना संक्रमितको बुटवलमा उपचारका क्रममा मृत्यु


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – कपिलवस्तुका कोरोना संक्रमित एक पुरूषको बुटवलमा मृत्यु भएको छ ।

कपिलवस्तु नगरपालिका १ का ५० वर्षीय पुरूषको बुटवलस्थित धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा मृत्यु भएको कोभिड अस्पतालका कोरोना फोकल पर्सन डा.सुदर्शन थापाले जानकारी दिए।

लामो समयदेखि उच्च रक्तचाप र मधुमेहको बिरामी रहेका उनको भेन्टिलेटरमा उपचारका क्रममा बुधबार राति १०:४५ बजे मृत्यु भएको थापाले जानकारी दिए ।

भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई ६ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  ८ : ५४ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ