मान्छेलाई छक्क पार्ने विश्वका ५ अनौठा सजाय | Khabarhub Khabarhub

मान्छेलाई छक्क पार्ने विश्वका ५ अनौठा सजाय


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुनै अपराधमा कसुरदारलाई सजाय दिनु नौलो कुरा होइन । विश्वका सबै देशमा कस्ता खाले अपराधमा कस्तो सजाय दिने भन्ने कानुन रहने गरेको छ । तर कतिपय अवस्थामा अपराधको कसुरमा केहि यस्ता सजाय दिइएको छ जो नौलो मात्र होइन आश्र्चयजनक छन् । आज हामी विश्वका केहि यस्ता सजायको बारेमा चर्चा गर्नेछौ ।

१. कार्टुन हेर्ने सजाय
अमेरिकाको मिसौरी निवासी डेविड बेरी नामक ब्यक्तिले सयौं हरीणको शिकार गरेका थिए । सन् २०१८ मा उनलाई यस अपराधको दोषि मान्दै एक बर्षसम्म कारागार जीवनमा न्यनतम एक पटक डिज्नीको बाम्बी कार्टून हेर्ने सजाय दिइएको थियो ।

२. गधासंग मार्चपास गर्ने सजाय
सन् २००३ मा अमेरिकाको शिकागो निवासी दुई युवाले क्रिसमसको साँझ ईसा मसीहको मुर्ती चोरे र यसलाई क्षती पुर्याए । यस अपराधको कसुरमा दुबैलाई ४५ दिनसम्मको जेल जीवनमा आफ्नो गृहनगरमा एक गधासंग नियमित मार्चपास गर्ने सजाय दिइएको थियो ।

३. १० बर्षसम्म चर्च जाने सजाय
सन् २०११ मा अमेरिकाको ओकलाहो निवासी १७ बर्षिय टाइलर एलरेड नामक किशोरले मदिरा पिएर सवारी चलाउँदा दुर्घटना भई उनको साथीको मृत्यु भएको थियो । उच्च माविमा अध्ययनरत छात्रा भएकाले उनलाई यस अपराधको कसुरमा स्नातकसम्मको अध्ययन गर्ने, एक बर्षसम्म नियमित ड्रग, मदिरा वा निकोटिन सेवन नगरेको प्रमाण पेश गर्ने र १० बर्षसम्म चर्च जानुपर्ने सजाय दिईको थियो ।

४. जागीर खोजेर देखाउनु पर्ने सजाय
स्पेनको एण्डालूसिया निवासी एक २५ बर्षिय युवकलाई उनका आमाबुवाले पकेट मनी नदिएको भन्दै अदालतमा उजुरी दिए । तर अदालतले उल्टै उनलाई ३० दिनभित्र बुवाआमाको घर छाड्न र आफ्नो खुट्टामा उभिएर देखाउन भन्दै जागीर खोजेर देखाउने सजाय दिइएको थियो ।

५. शास्त्रीय संगीत सुन्ने सजाय
सन् २००८ मा एंन्ड्रयु वेक्टर नामक एक युवालाई कारभित्र ठुलो आवाजमा र्याप सुनेको कसुरमा १ सय २० पाउण्ड जरीवाना सुनाइयो । पछि न्यायाधिसले जरीवाना ३० पाउण्डमा झार्ने तर २० घण्टासम्म बीथोवन, बाख र शोपेनको शास्त्रीय संगीत सुन्नुपर्ने सजाय सुनाए ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  १० : १६ बजे

प्रतिपक्षीको विरोधपछि मधेस प्रदेशसभा अवरुद्ध

जनकपुर– मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान