लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु « Khabarhub

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु


११ भदौ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटबल- लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत अर्की १ जना संक्रमित महिलाको मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी ७० वर्षीया महिलाको मृत्यु भएको हो ।

साउन २६ गते संक्रमण पुष्टि भएकी उनको घरमा आइसोलेसनमै बसेर उपचार जारी थियो । घरमा उपचारका क्रममा स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि साउन ३१ गते धागो कारखानास्थित कोरोना अस्पतालमा भर्ना गरिएको थियो । ४ दिन अघिदेखि भेन्टिलेटरमा राखेर उनको उपचार जारी थियो ।

उनलाई प्लाज्मा दिएर बुधवारसम्म सुधार भइरहेकोमा रातिदेखि स्वास्थ्य अवस्था बिग्रेको थियो । उनलाई बिहीवार पनि थप प्लाज्मा दिने तयारी थियो ।

संक्रमित महिलामा उच्च रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ११ भदौ २०७७, बिहिबार  ११ : ३८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको