३९ स्थानीय तहमा अस्पताल बनाउने तयारी | Khabarhub Khabarhub

३९ स्थानीय तहमा अस्पताल बनाउने तयारी


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली- कर्णाली प्रदेशका विभिन्न ३९ स्थानीय तहमा अस्पताल सञ्चालनका लागि नयाँ भवन निर्माण गरिने भएको छ । गाउँ–गाउँमा चिकित्सकसहितको स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले सङ्घीय सरकारले प्रदेशका दश वटै जिल्लाका विभिन्न स्थानीय तहमा अस्पताल भवन निर्माणको योजना कार्यान्वयनमा ल्याउन लागेको हो ।

हरेक स्थानीय तहमा पाँचदेखि १५ श्य्याको अस्पताल बनाउने सरकारको नीति तथा कार्यक्रम अनुसार चालू आर्थिक वर्षमा कर्णालीमा ३९ वटा अस्पताल भवन निर्माण गरिनेछ । सुर्खेत–२ का सङ्घीय सांसद तथा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले अस्पताल निर्माण योजनासम्बन्धी प्रस्ताव आइतबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको जानकारी दिए ।

उनका अनुसार चालू आवमा सुर्खेतमा सात, हुम्लामा चार, जाजरकोटमा पाँच, जुम्लामा दुई, र दैलेखमा छ वटा अस्पताल भवन निर्माण गरिनेछ । त्यस्तै, रुकुम पश्चिममा दुई, सल्यानमा छ, कालीकोटमा दुई र डोल्पामा तीन वटा अस्पतालका भवन निर्माण हुनेछन् ।

मन्त्रालयले ३९ मध्ये ३३ वटा अस्पताल भवन निर्माणका लागि बजेट सम्बन्धित स्थानीय तहलाई पठाउनेछ । बाँकी छ वटा भवन भने सहरी विकास मन्त्रालय अन्तर्गतको भवन डिभिजन कार्यालयमार्फत निर्माण गरिनेछ । अस्पताल बनाउँदा कुनै स्थानीय तहमा साविककै स्वास्थ्यचौकी/स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरिनेछ भने कुनै स्थानीय तहमा नयाँ ठाउँमा अस्पताल सञ्चालनका लागि भवन निर्माण हुनेछन् । उहाँले चिकित्सकीय सेवा सेवाहरु गाउँमै पुर्‍याउने उद्देश्यले अस्पतालका भवन निर्माण गर्न लागिएको बताए ।

सम्बन्धित क्षेत्रको जनघनत्व, स्थानीय जनप्रतिनिधिको सुझाव र स्वास्थ्य क्षेत्रको मापदण्डका आधारमा अस्पताल सञ्चालनको लागि भवन निर्माण गरिनेछ । पाँच शय्याको लागि सात करोड, १० शय्याको लागि रु. ११ करोड र १५ शय्याको भवन निर्माणका लागि भौगोलिक क्षेत्रका आधारमा १६ देखि १८ करोडसम्म बजेट उपलब्ध गराइनेछ ।

मन्त्रालयले भवन निर्माणका लागि केही हप्ताभित्रै पहिलो किस्ताबापत १ करोड रकम सम्बन्धित स्थानीय तहमा पठाउने तयारी गरेको छ । पहिलो चरणमा चालू आवभित्रै बोलपत्र आव्हान गरी भवन निर्माणको काम थालिनेछ ।

बहुवर्षीय आयोजना अन्तर्गत सात करोडदेखि १८ करोडसम्मको लागतमा भवनहरु निर्माण हुनेछन् । यसअघि स्वास्थ्य संस्थाका भवन निर्माणसम्बन्धी योजना सहरी विकास मन्त्रालय अन्तर्गतका भवन डिभिजन कार्यालयले कार्यान्वयन गर्दै आएको थियो । छिटो छरितो निर्माण सम्पन्न गर्ने उद्देश्यले अधिकांश भवन सम्बन्धित स्थानीय तहको जिम्मा लगाइएको हो । यसपटक छ वटा भवनमात्र भवन डिभिजन कार्यालय अन्तर्गत कार्यान्वयन गरिनेछ ।

यी स्थानीय तहमा अस्पताल

सुर्खेतको सिम्ता गाउँपालिकाको बजेडीचौर, लेकबेशी नगरपालिकाको दशरथपुर स्वास्थ्य चौकी, चौकुने गाउँपालिकोको बिजौरा स्वास्थ्य चौकी, वीरेन्द्रनगरको लाटीकोइली स्वास्थ्यचौकीलाई अस्पतालमा स्तरोन्नति गरिनेछ । पञ्चपुरी नगरपालिका र चिङ्गाड गाउँपालिकामा स्थानीय तहको आवश्यकता अनुसार अस्पताल भवन निर्माण गरिनेछ ।

मुगुमा सोरु र मुगुमकार्मारोङ गाउँपालिका, जाजरकोटमा छेडागाड नगरपालिका, शिवालय गाउँपालिका, नलगाड नगरपालिका र बारेकोट गाउँपालिका, हुम्लामा सर्केगाड, अदानचुली, नाम्खा र ताजाकोट, डोल्पामा त्रिपुरासुन्दरी, डोल्पोबुद्ध र मुड्केचुला गाउँपालिकामा अस्पतालका भवन बन्नेछन् ।

त्यस्तै, जुम्लामा तिला नगरपालिका र कनकासुन्दरी गाउँपालिका, कालीकोटमा रास्कोट नगरपालिका, सल्यानमा दार्मा, कपुरकोट, कुमाख, सिद्धकुमाख, कालीमाटी गाउँपालिका र बनगाडकुपिन्डे नगरपालिका, रुकुमपश्चिममा सानीभेरी गाउँपालिका, आठबीसकोट नगरपालिका, दैलेखमा भैरवी गाउँपालिका, चामुण्डाविन्द्रासैनी र आठबीस नगरपालिकामा अस्पताल भवन निर्माण हुनेछन् ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  १२ : ५४ बजे

अरुण नदीमा बेपत्ता दुई बालिका अझै भेटिएनन

भोजपुर – अरुण नदीमा बेपत्ता भएका दुई बालिका अझै भेटिएका

प्रदेश सरकार खेलकुदको विकासका लागि प्रतिबद्ध छः मुख्यमन्त्री सिंह

धनुषा – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले खेलाडीले मेहनत गरेर

फेवाताल किनारमा ३६० सीमा स्तम्भ गाडिए

कास्की – पर्यटन राजधानी पोखरास्थित प्रमुख पर्यटकीय गन्तव्य फेवातालको ताल

दृष्टि मिडियाका अध्यक्ष र कार्यकारी सम्पादक धरौटी तिरेर रिहा

काठमाडौं – अदालतको अवहेलनासम्बन्धी मुद्दामा दृष्टि मिडिया प्रालिका अध्यक्ष शम्भुलाल

बैंक लुटपाटमा संलग्न एक अभियुक्त पक्राउ

सिरहा – सिरहाको कल्याणपुरस्थित ग्लोबल आइएमई बैंक शाखाबाट रु नौ