दुर्घटनामा एक जनाको मृत्यु « Khabarhub

दुर्घटनामा एक जनाको मृत्यु


३१ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु–  बाणगङ्गा नगरपालिका–४, गजेहडास्थित तौलिहवा सडकखण्डमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

गजेहडाबाट सिउटीतर्फ जाँदै गरेको लु प्र ०१–०१२ प १२६५ नम्बरको स्कुटर सोही दिशातर्फ जाँदै गरेको लु३त ७३८३ नम्बरको ट्रयाक्टर र विपरीत दिशाबाट आउँदै गरेको लु प्र०१–००९ प २४०२ नम्बरको स्कुटरसँग ठोक्किएको हो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन ढकालका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक रुपन्देहीको कञ्चन गाउँपालिका–५ भैसाहीका २७ वर्षीय रुद्रनारायण थारूको मृत्यु भएको हो । 

दुर्घटनामा ट्रयाक्टर चालक बाणगङ्गा नगरपालिका–११ मैरीका ३५ वर्षीय बमबहादुर चौधरी र अर्को स्कुटरका चालक बाणगङ्गा नगरपालिका–८ बोडगाउँका ३५ वर्षीया रेखा घिमिरे घाइते भएका छन् । 

घिमिरेको युनाइटेड अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार  ६ : ४५ बजे

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु