सुशान्तका पिताले भने – मेरो छोरालाई विष खुवाइयो « Khabarhub

सुशान्तका पिताले भने – मेरो छोरालाई विष खुवाइयो


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सुशान्त सिंह राजपूतका पिता केके सिंहले सुशान्तकी प्रेमिका रिया चक्रवर्तीमाथि गम्भीर आरोप लगाएका छन् । उनले रियाले आफ्ना छोरालाई लामो समयदेखि विष खुवाएको आरोप लगाएका हुन् ।

सुशान्तका पिताले रिया आफ्नो छोराको हत्यारा भएको आरोप लगाएका छन् । साथै उनले रियालाई तत्काल पक्राउ गर्न माग गरेका छन् ।

भारतीय टिभी च्यानल जी न्यूजले कुराकानीका क्रममा सुशान्तका पिताले यस्तो आरोप लगाएको लेखेको छ ।

‘रियाले मेरो छोरालाई लामो समयदेखि विष दिइरहेकी थिई, ऊ मेरो छोराकी हत्यारा हो,’ केके सिंहले भनेका छन् ।

हालै खबर आएको छ कि, रियाले ड्रग खरिद गर्ने काम पनि गर्थिन् । जी न्यूजका अनुसार रियाले सुशान्तको चिया, कफी र पानीमा सुशान्तलाई सीबीडी आयल नामक ड्रग्स दिने गर्थिन् । यसबारेमा अनुसन्धान भइरहेको जनाइएको छ ।

सुशान्त केही महिनाअघि मुम्बईस्थित आफ्नो फ्ल्याटमा मृत भेटिएका थिए । उनको मृत्युको कारण के थियो भन्ने पत्ता लगाउन प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  १ : ५८ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र