परराष्ट्रमन्त्री ज्ञवाली र बेलायतका राज्यमन्त्रीबीच ‘भर्चुअल’ कुराकानी « Khabarhub

परराष्ट्रमन्त्री ज्ञवाली र बेलायतका राज्यमन्त्रीबीच ‘भर्चुअल’ कुराकानी


११ भदौ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र बेलायतका दक्षिण एसिया, कमनवेल्थ र राष्ट्रसंघीय मामिला हेर्ने राज्यमन्त्री तारिक महमूद अहमदबीच कुराकानी भएको छ।

उनीहरुबी बिहीबार भर्चुअल माध्यमबाट नेपाल-बेलायत सम्बन्ध लगायत कोरोना महामारीका विषयमा कुराकानी भएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार सो कुराकानीका क्रममा दुई मन्त्रीले नेपाल–बेलायत सम्बन्ध, विकासमा साझेदारी, कोभिड–१९ र पर्यावरणसम्बन्धी विषयमा छलफल गरेका हुन् ।

त्यसैगरी नेपालस्थित बेलायती दूतावासले पनि दुई मन्त्रीबीचको सो कुराकानीमा आर्थिक विकास, पर्यावरण र कोभिड–१९ लगायत विषय तथा नेपाल र बेलायतका साझा आकांक्षाका समग्र विषय समेटिएको जनाएको छ।

प्रकाशित मिति : ११ भदौ २०७७, बिहिबार  ६ : ३५ बजे

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा