विश्वभर ९ लाख ९८ हजार कोरोना संक्रमितले ज्यान गुमाए « Khabarhub

विश्वभर ९ लाख ९८ हजार कोरोना संक्रमितले ज्यान गुमाए


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वमा तीन करोड ३० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् ।

पछिल्लो अपडेट अनुसार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वका २ सय १५ मुलुकका गरी ३ करोड ३० लाख ४६ हजार २ सय ९० पुगेको छ । यो समाचार तयार पार्दासम्म ९ लाख ९८ हजार २ सय ७६ जना कोरोना संक्रमितको ज्यान गएको छ ।

विश्वभरका संक्रमितमध्ये २ करोड ४४ लाख कोरोना संक्रमित कोरोनासँगको लडाइँ जितेर घर फर्किसकेका छन् ।

पछिल्लो २४ घण्टामा थप २ लाख ९३ हजार ८ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यीमध्ये ५ हजार २ सय ९७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

विश्वमा सबैभन्दा संक्रमित हुने राष्ट्रममा संयुक्त राज्य अमेरिका छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्र ४३ हजारभन्दा बढी संक्रमित थपिएका छन् । हालसम्म अमेरिकामा संक्रमितहरूको संख्या ७२ लाख ८७ हजारभन्दा बढी पुगेको छ भने २ लाखभन्दा धेरैले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

यस्तै भारतमा कोरोना संक्रमितको संख्या अमेरिकापछि बढी छ । भारतमा पछिल्लो २४ घण्टामा ८८ हजार भन्दा बढी संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ५९ लाख ९० हजार ५१३ पुगेको छ । भारतमा हालसम्म ९४ हजार ५ सय ३३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

भारतपछि कोरोना संक्रमितको संख्या बढी हुने देशमा ब्राजिल छ । ब्राजिलमा कूल संक्रमितको संख्या ४७ लाख १८ हजार ११५ पुगेको छ भने पछिल्लो २४ घण्टामा २५ हजारभन्दा बढी थपिएका छन् । यहाँ कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ४१ हजार पुगेको छ ।

यस्तै धेरै संक्रमित भएको सूचीको चौथो स्थानमा रहेको राष्ट्र रसियामा कोरोना संक्रमितको संख्या ११ लाख ४३ हजार ५ सय ७१ पुगेको छ । रसियामा २० हजार २ सय २५ जना संक्रमितले ज्यान गुमाएका छन् भने ९ लाख ४० हजार संक्रमित निको भइसकेका छन् ।

एसियाली मुलुक भारतमा कोरोना संक्रमितको संख्यामा तीव्र रुपमा बृद्धि भएको छ । भारतपछि धेरै संक्रमित देखिएको देशमा क्रमशः इरान, बंगलादेश, इराक, साउदी अरेबिया लगायत छन् । एसियाली मुलुकमा हालसम्म १ करोडभन्दा बढी संक्रमित भएका छन् भने पछिल्लो २४ घण्टामा मात्र १ लाख २५ हजार ९ सय ९१ जना संक्रमित थपिएका छन् ।

एसियाली मुलुकमा निको हुनेको संख्या ८४ लाख ६९ हजार रहेको छ भने १ लाख ८७ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।

नेपालमा कोभिड–१९ संक्रमितको संख्या ७१ हजार सय २१ पुगेको छ । यस्तो कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४६७ पुगेको छ । शनिवार साँझसम्मको अपडेट अनुसार नेपालमा ५३ हजार १३ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १८ हजार ३ सय ४१ रहेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ७ : ०७ बजे

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये