स्वारेजलाई हटाउने निर्णय मेरो मात्रै होइन – प्रशिक्षक कोइम्यान « Khabarhub

स्वारेजलाई हटाउने निर्णय मेरो मात्रै होइन – प्रशिक्षक कोइम्यान


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अहिले स्पेनिस महारथी बार्सिलोनामा आफ्ना अनुभवी खेलाडी लुइस स्वारेजलाई विदा गरेको विषयले ठूलो रुप लिइरहेको छ ।

केही दिन अगाडिमात्रै बार्सिलोनाबाट ला लिगाकै अर्को क्लब एट्लेटिको मड्रिड पुगेका स्वारेजका विषयमा क्रिया–प्रतिक्रिया चलिरहेको छ ।

यसमा कप्तान लियोनल मेस्सीले भावुक हुँदै स्वारेजलाई निकाल्ने निर्णयको विरोध जनाएका थिए । त्यसको जवाफमा नवनियुक्त प्रशिक्षक रोनाल्ड कोइम्यानले आफ्नो निर्णयले स्वारेजले क्लब छाडेको भन्ने अभिव्यक्तिको खण्डन गरेका छन् ।

उनले स्वारेजका विषयमा आफुलाई खराब मान्छेका रुपमा देखाउन खोजिएको आरोप लगाएका छन् । यस्तै उनले स्पष्ट के पनि भनेका छन् भने स्वारेज आफ्नो निर्णयले मात्रै बाहिरिएका होइनन् ।

कोइमयान प्रशिक्षकका रुपमा बार्सिलोना आएपछि उनको योजनामा स्वारेज नरहेको विश्लेषण स्पेनिस पत्रपत्रिकाहरुले गर्दै आइरहेका थिए ।

‘यसमा मलाई खराब देखाउन खोजिएको छ । स्वारेजलाई म सम्मान गर्छु, एउटा खेलाडी र व्यक्तिका रुपमा,’ प्रशिक्षक कोइम्यानले भनेका छन्, ‘मैले उनलाई भनेको थिए । यदि तिमी यहाँ रह्यौ भने तिमीलाई अप्ठेरो हुनेछ भनेको थिएँ, तर, उनी समूहमा रहन्थे ।’

शनिबारको प्रिम्याच कन्फरेन्समा बोल्दै उनले भने, ‘मैले क्लबमा आउने निश्चित हुँदाहुँदै केही निर्णय भइसकेका थिए । मैले ती निर्णयलाई समर्थन मात्रै गरेको हुँ । यो ममा मात्रै निर्भर थिएन ।’

कप्तान लियोनल मेस्सीले टिमका आफ्ना मित्र टाढा भएकोमा दुख व्यक्त गर्नु स्वभाविक भएको कोइम्यानले बताएका छन् । ‘मेस्सी आफ्ना मित्रले क्लब छाड्दा दु:खी हुन सामान्य हो । लियो हरेकका लागि उदाहरण हुन्,’ उनले भने ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ९ : ०० बजे

मासुमा मात्रै होइन शाकाहारी भोजनमा पनि पर्याप्त प्रोटिन पाइन्छ 

काठमाडौं– हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कञ्चनपुर– जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा

विद्यालयको मनपरीविरुद्ध आन्दोलन गर्न अभिभावकलाई शिक्षामन्त्री पुनको आग्रह

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले विद्यालयको मनपरीविरुद्ध अभिभावकले आन्दोलन गर्नुपर्ने

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका