स्वारेजलाई हटाउने निर्णय मेरो मात्रै होइन – प्रशिक्षक कोइम्यान « Khabarhub

स्वारेजलाई हटाउने निर्णय मेरो मात्रै होइन – प्रशिक्षक कोइम्यान


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अहिले स्पेनिस महारथी बार्सिलोनामा आफ्ना अनुभवी खेलाडी लुइस स्वारेजलाई विदा गरेको विषयले ठूलो रुप लिइरहेको छ ।

केही दिन अगाडिमात्रै बार्सिलोनाबाट ला लिगाकै अर्को क्लब एट्लेटिको मड्रिड पुगेका स्वारेजका विषयमा क्रिया–प्रतिक्रिया चलिरहेको छ ।

यसमा कप्तान लियोनल मेस्सीले भावुक हुँदै स्वारेजलाई निकाल्ने निर्णयको विरोध जनाएका थिए । त्यसको जवाफमा नवनियुक्त प्रशिक्षक रोनाल्ड कोइम्यानले आफ्नो निर्णयले स्वारेजले क्लब छाडेको भन्ने अभिव्यक्तिको खण्डन गरेका छन् ।

उनले स्वारेजका विषयमा आफुलाई खराब मान्छेका रुपमा देखाउन खोजिएको आरोप लगाएका छन् । यस्तै उनले स्पष्ट के पनि भनेका छन् भने स्वारेज आफ्नो निर्णयले मात्रै बाहिरिएका होइनन् ।

कोइमयान प्रशिक्षकका रुपमा बार्सिलोना आएपछि उनको योजनामा स्वारेज नरहेको विश्लेषण स्पेनिस पत्रपत्रिकाहरुले गर्दै आइरहेका थिए ।

‘यसमा मलाई खराब देखाउन खोजिएको छ । स्वारेजलाई म सम्मान गर्छु, एउटा खेलाडी र व्यक्तिका रुपमा,’ प्रशिक्षक कोइम्यानले भनेका छन्, ‘मैले उनलाई भनेको थिए । यदि तिमी यहाँ रह्यौ भने तिमीलाई अप्ठेरो हुनेछ भनेको थिएँ, तर, उनी समूहमा रहन्थे ।’

शनिबारको प्रिम्याच कन्फरेन्समा बोल्दै उनले भने, ‘मैले क्लबमा आउने निश्चित हुँदाहुँदै केही निर्णय भइसकेका थिए । मैले ती निर्णयलाई समर्थन मात्रै गरेको हुँ । यो ममा मात्रै निर्भर थिएन ।’

कप्तान लियोनल मेस्सीले टिमका आफ्ना मित्र टाढा भएकोमा दुख व्यक्त गर्नु स्वभाविक भएको कोइम्यानले बताएका छन् । ‘मेस्सी आफ्ना मित्रले क्लब छाड्दा दु:खी हुन सामान्य हो । लियो हरेकका लागि उदाहरण हुन्,’ उनले भने ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ९ : ०० बजे

नेपालको बाढीपछि भारतीय विदेशमन्त्री निरन्तर सक्रिय

काठमाडौं- भारतका विदेशमन्त्री एस जयशंकरले नेपालमा आएको विनाशकारी बाढीपहिरोबारे उच्चस्तरीय

विदुर पुगेर प्रधानमन्त्री शाहले भने- राहत र पुनर्स्थापना तीव्र पार्नू

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर

उपप्रधानमन्त्रीपछि चीनका प्रधानमन्त्री पनि आइपुगे बाढी प्रभावित क्षेत्र केरूङ

काठमाडौं- चीनका प्रधानमन्त्री लि क्वाङ बाढीपहिरोबाट प्रभावित चीनको स्वायत्त क्षेत्र

बाढीमा सिन्धुपाल्चोकका २ सय ४४ जना सम्पर्कविहीन, खोज्न हिँडे दुई सांसद

काठमाडौं- भोटेकोसी नदीमा बुधबार आएको विनाशकारी बाढीपछि सिन्धुपाल्चोकका करिब २

माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनामा काम गर्ने एन्ड्रिज हाइड्रोका ७६ जना सम्पर्कविहीन

काठमाडौं– माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनामा काम गर्ने एन्ड्रिज हाइड्रोका