रौतहटमा तिवारी दम्पतीमाथि आक्रमण गरेको आरोपमा थप २ जना पक्राउ « Khabarhub

रौतहटमा तिवारी दम्पतीमाथि आक्रमण गरेको आरोपमा थप २ जना पक्राउ


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट – प्रहरीले रौतहटमा महेश तिवारी दम्पतीमाथि आक्रमण गरेको आरोपमा थप २ जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी रवि रावलका अनुसार घटनामा संलग्न रहेको अभियोगमा रामएकवाल मुखिया बिन र उनका एकजना आफन्त पक्राउ परेका हुन् ।

शुक्रबार राति धारिलो हतियार प्रयोग गरि अन्दाधुन्द आक्रमण गर्दा देवाही गोनाही–५ टिकुलियाका महेश तिवारी दम्पतीमध्ये श्रीमतीको मृत्यु भएको थियो ।

घटनालगत्तै प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा बली मुखिया बिनलाई पक्राउ गरेको थियोे ।

जिल्ला प्रहरी कार्यालय रौतहट प्रमुख एसपी सिद्धि विक्रम शाहले सांघातिक आक्रमण गर्नेहरु अन्यको खोजी भइरहेको बताए ।

केही महिनाअघि गाउँमा बाटोको विषयलाई लिएर स्थानीय स्तरमा विवाद भएको र सोही विवाद अहिलेको अवस्थासम्म आइपुगेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ८ : ५५ बजे

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान

मोरङमा एसईईका सहायक केन्द्राध्यक्ष पक्राउ

काठमाडौँ- मोरङको ग्रामथान गाउँपालिकास्थित एक परीक्षा केन्द्रका सहायक केन्द्राध्यक्षलाई प्रहरीले

आईपीएल : कोलकाताले लखनउलाई दियो १८२ रनको लक्ष्य

काठमाडौं – कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्स विरुद्ध आईपीएलको

त्रिभुवन विमानस्थलमा ‘एईडी’ मेसिन जडान

काठमाडौं – दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको

फ्रान्सेली राजदूतले प्रधानमन्त्री बालेनलाई भेटेर दिइन् राष्ट्रपति म्याक्रोनको सन्देश

काठमाडौँ- प्रधानमन्त्री बालेन शाहले कार्यभार सम्हालेकोमा नेपालका लागि फ्रान्सेली राजदूत