कोप्चेपानीका २३ घरलाई भालेबासमा सारियो (फोटो फिचर) « Khabarhub

कोप्चेपानीका २३ घरलाई भालेबासमा सारियो (फोटो फिचर)


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– पहिरोको उच्च जोखिममा रहेका म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ कोप्चेपानीका २३ घरपरिवारलाई स्थानान्तरण गरिएको छ ।

कालीगण्डकी नदीको किनारको बस्तिमा माथिको भिरबाट पहिरो खस्न थालेपछि स्थानीयलाई सारिएको हो । पहिरोको उच्च जोखिममा रहेका कोप्चेपानीका २३ घरलाई नजिकैको भालेबास भन्ने ठाउँमा शनिबार सारिएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जानकारी दिए ।

उनले भने, ‘बस्ती माथिको भिरमा जमिन चिरा परेर पहिरो खसेको हो । बस्तीनै पुरिने खतरा भएकाले स्थानीयलाई सुरक्षित ठाउँमा सारिएको हो ।’ असार महिनादेखिनै सुरु भएको पहिरो पछिल्लो हप्ताको निरन्तर बर्षापछि थप सक्रिय भएको छ ।

स्थानीयको व्यक्तिगत जग्गामा टहरा बनाएर अस्थाई बसोबासको ब्यवस्था मिलाइएको छ । सबै परिवारलाई एक/एक वटा त्रिपालले छाएको टहरा बनाएर राखिएको छ । जिल्ला प्रशासन कार्यालयले १५ थान त्रिपाल र एक रोल म्याट्रेस उपलब्ध गराएको छ ।

आठ वटा त्रिपाल उपलब्ध गराएको गाउपालिकाले प्रति परिवार एक÷एक वटा कम्बल सहयोग गर्ने र सार्वजनिक शौचालय बनाइदिने भएको छ । घरका महत्वपूर्ण कागजात, अन्नपात, लत्ताकपडा सहित महत्वपूर्ण सामान टहरामा सारेका छन् ।

स्थलगत निरिक्षणका क्रममा जुनसुकै बेला पहिरो खस्न सक्ने देखिएपछि बस्तिनै स्थानान्तरणको योजना बनाइएको वडा अध्यक्ष चन्द्रप्रकाश फगामीले बताए । उनले भने, ‘पहिरोबाट मानवीय र भौतिक क्षति हुन नदिन सतकर्ता अपनाएका हौ । कोप्चेपानीबासीलाई भालेबासमै स्थाई बसोबासका लागि एकिकृत आवासको योजना अघि सारेका छौ ।’

यसअघि २०७५ साउनमा कालीगण्डकीमा आएको बाढीले कोप्चेपानी स्थित धवलागिरी आधारभूत विद्यालयको भवन, खेलमैदान र स्थानीयको खेतियोग्य जमिन बगाएको थियो । कालीगण्डकीको कटान र भिरबाट खस्ने पहिरोका कारण त्रसित भएको स्थानीय सुकबहादुर रोकाले बताए ।

अन्नपूर्ण गाउपालिकाले पहिरोको उच्च जोखिममा रहेको वडा न. ३ फगामका १३ घरधुरीलाई पनि अस्थाई टहरा बनाएर अन्यत्र सारेको छ । कालीगण्डकीको तिर देखि गाउँको शिरसम्मको जमिन चिरा चिरा परेर पहिरो बग्न थालेपछि करिब ४० घरको बसोबास भएको फगाम उच्च जोखिममा परेको छ ।

यसअघि २०७२ जेठमा बैसरीको पहिरो खस्दा सतकर्ता अपनाएर पहिल्यै मानिसहरुलाई सारिएकाले मानबीय क्षति हुन पाएको थिएन् । राम्चेको डाडाबाट खसेको पहिरोले कालीगण्डकी नदी १७ घण्टा थुनिएको थियो भने बैसरीका २९ घर पुरिएका थिए । मानिसलाई घर छाड्न लगाएका कारण डेढ सय जनाको ज्यान बचेको थियो ।

सन्तोष गौतमबाट/तस्वीर सुरेन गुरुङ

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ११ : १६ बजे

निर्वाचन प्रहरीका लागि खोटाङमा मागभन्दा कम युवाको आवेदन

खोटाङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

ट्रम्पको ‘बोर्ड अफ पिस’मा पाकिस्तान सहभागी भएपछि देशभित्र मतभेद

काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गठन गरिएको ‘बोर्ड अफ

कांग्रेसले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि