भारतका पूर्वरक्षामन्त्री जसवन्त सिंहको मृत्यु « Khabarhub

भारतका पूर्वरक्षामन्त्री जसवन्त सिंहको मृत्यु


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतका पूर्वरक्षामन्त्री जसवन्त सिंहको मृत्यु भएको छ । उनी लामो समयदेखि बिरामी थिए ।

भाजपाका संस्थापक सदस्यसमेत रहेका जसवन्त सिंहको ८२ वर्षको उमेरमा निधन भएको हो । राजस्थानको बाडमेरका सिंहले विदेश र रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनी भारतीय सेनाका मेजर पनि थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटमार्फत उनको मृत्युमा गहिरो शोक व्यक्त गरेका छन् । मोदीले ट्वीटमा भनेका छन्, ‘जसवन्त सिंहले हाम्रो राष्ट्रलाई पूरा लगनका साथ सेवा गरे, सुरुमा उनले सैनिकको रुपमा पछि राजनीतिसँग जोडिएर । अटलजीको सरकारमा असाध्यै महत्वपूर्ण विभाग सम्हाले र आर्थिक, रक्षा एवं विदेश मामिलामा संसारसामू एक बलियो छाप छोडे । उनको निधनले दुःखी छु ।’

त्यसपछि उनले अर्को ट्वीट गरे । उनले लेखे, ‘जसवन्त सिंहजीलाई उनको राजनीतिक र समाजिक मुद्दा मामिलामा अनौठो दृष्टिकोणका लागि स्मरण गरिनेछ । उनले बिजेपीलाई बलियो बनाउन योगदान गरे । उनको परिवार स समर्थकसँग मेरो समवेदना छ । ओम शान्ति ।’

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  १० : ०१ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको