पाँचथर पुगेर भौतिक पूर्वाधार मन्त्रीले भने- काम ढिला गर्ने ठेकेदारलाई कारबाही हुन्छ « Khabarhub

पाँचथर पुगेर भौतिक पूर्वाधार मन्त्रीले भने- काम ढिला गर्ने ठेकेदारलाई कारबाही हुन्छ


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर– भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङले काममा ढिलाइ गर्ने ठेकेदारहरुलाई कडा कारबाही हुने बताएका छन् । उनले सरकारले ढिलासुस्ती गर्नेलाई कारबाही गर्ने काम सुरु गरेको पनि बताए ।

जिल्ला सभाको उद्घाटन गर्न गृहजिल्ला पाँचथर पुगेका मन्त्री नेम्वाङले अब कसैले कुनै पनि बहानामा ढिलासुस्ती गर्न नपाउने बताए । उनले भने, ‘सरकारले उनीहरुको कबोल अनुसार पैसा दिएर निर्माणको ठेक्का दिएको हुन्छ । त्यो उनीहरुले समयमा सक्नुपर्छ । उनीहरुले काम नसक्दा गाली सरकारले खानुपर्छ । अब यस्तो हुँदैन । ढिला सुस्ती गर्नेलाई कडा कारबाही हुने छ ।’

उनले नेपालमा पूर्वाधार विकासको कामले पनि गति लिएको बताए । अहिले देश कोभिडको महामारीसँग जुँधिरहेको भन्दै उनले सरकारको लक्ष्य अनुसार काम अघि बढ्ने स्पष्ट पारे ।

नेपाल ल्याएर थन्किएको रेलको प्रसंग उठाउँदै उनले रेल नेपालको आवश्यकता भएको बताए । अहिले देश कोभिडको महामारीसँग जुँधिरहेको भन्दै उनले कोभिड अन्त्य भएसँगै प्रभावकारी रुपमा सञ्चालन गर्ने बताए ।

देश समृद्धिको बाटोमा अघि बढेको बताउँदै मन्त्री नेम्वाङले सबैले आ आफ्नो क्षेत्रबाट योगदान पुर्‍याउनुपर्ने बताए।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  १० : १९ बजे

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती