पाँचथर पुगेर भौतिक पूर्वाधार मन्त्रीले भने- काम ढिला गर्ने ठेकेदारलाई कारबाही हुन्छ « Khabarhub

पाँचथर पुगेर भौतिक पूर्वाधार मन्त्रीले भने- काम ढिला गर्ने ठेकेदारलाई कारबाही हुन्छ


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर– भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङले काममा ढिलाइ गर्ने ठेकेदारहरुलाई कडा कारबाही हुने बताएका छन् । उनले सरकारले ढिलासुस्ती गर्नेलाई कारबाही गर्ने काम सुरु गरेको पनि बताए ।

जिल्ला सभाको उद्घाटन गर्न गृहजिल्ला पाँचथर पुगेका मन्त्री नेम्वाङले अब कसैले कुनै पनि बहानामा ढिलासुस्ती गर्न नपाउने बताए । उनले भने, ‘सरकारले उनीहरुको कबोल अनुसार पैसा दिएर निर्माणको ठेक्का दिएको हुन्छ । त्यो उनीहरुले समयमा सक्नुपर्छ । उनीहरुले काम नसक्दा गाली सरकारले खानुपर्छ । अब यस्तो हुँदैन । ढिला सुस्ती गर्नेलाई कडा कारबाही हुने छ ।’

उनले नेपालमा पूर्वाधार विकासको कामले पनि गति लिएको बताए । अहिले देश कोभिडको महामारीसँग जुँधिरहेको भन्दै उनले सरकारको लक्ष्य अनुसार काम अघि बढ्ने स्पष्ट पारे ।

नेपाल ल्याएर थन्किएको रेलको प्रसंग उठाउँदै उनले रेल नेपालको आवश्यकता भएको बताए । अहिले देश कोभिडको महामारीसँग जुँधिरहेको भन्दै उनले कोभिड अन्त्य भएसँगै प्रभावकारी रुपमा सञ्चालन गर्ने बताए ।

देश समृद्धिको बाटोमा अघि बढेको बताउँदै मन्त्री नेम्वाङले सबैले आ आफ्नो क्षेत्रबाट योगदान पुर्‍याउनुपर्ने बताए।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  १० : १९ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका