कोरोना सङ्क्रमणबाट झापामा थप एकको मृत्यु, कनकाईमा छुट्टै चितास्थल « Khabarhub

कोरोना सङ्क्रमणबाट झापामा थप एकको मृत्यु, कनकाईमा छुट्टै चितास्थल


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको कनकाई नगरपालिका–९ घैलाडुब्बाका ४५ वर्षीय पुरुषको कोभिड–१९ का कारण मृत्यु भएको छ ।

नगरप्रमुख राजेन्द्र पोखरेलका अनुसार शनिबार राति कोभिड अस्पताल विराटनगरमा उनको मृत्यु भएको हो । उनी उच्च रक्तचाप र मधुमेहका बिरामीसमेत थिए ।

आज कनकाई आर्यघाटमा परिवारको उपस्थितिमा शवको दाहसंस्कार गरिने उनले बताए ।

हालसम्ममा कनकाई नगरपालिकाका दुई जना कोभिड सङ्क्रमितको प्रदेश नं १ कै अस्पतालमा उपचारका क्रममा मृत्यु भइसकेको छ । कनकाई घर भई विदेश र काठमाडौँमा रहेका अरु दुई जनाको समेत कोभिडकै कारण मृत्यु भएको नगरप्रमुख पोखरेलले जानकारी दिए ।

कोभिडबाट मृत्यु भएकाहरुका लागि कनकाई आर्यघाटमा छुट्टै चितास्थलको व्यवस्था छ । त्यहाँ रहेका पाँच वटा चितास्थलमध्ये एउटालाई कोभिडबाट मृत्यु भएकाहरुका लागि छुट्याइएको उनले बताए ।

कोभिड सङ्क्रमणका कारण झापा जिल्लामा अहिलेसम्ममा सात जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  १० : ३० बजे

जनकपुरधाममा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु

जनकपुरधाम– मधेश प्रदेश, गृह मन्त्रालय र सञ्चार तथा कानुन मन्त्रालयद्वारा

मध्यमार्गी ‘मोडल’मा पनि सभापति देउवा सकारात्मक नभएको कांग्रेस महामन्त्रीद्वयको दाबी

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले सभापति

सिन्धुलीमा बैंक लुटपाटमा संलग्न लुटेरा स्थानीयको नियन्त्रणमा

सिन्धुली– सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटपाटमा संलग्न लुटेरालाई

सभापति देउवासँग कुरा नमिलेपछि बाहिरिए महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना