सम्झना हत्या प्रकरण : बलात्कारपछि हत्या भएको प्रारम्भिक निश्कर्ष « Khabarhub

सम्झना हत्या प्रकरण : बलात्कारपछि हत्या भएको प्रारम्भिक निश्कर्ष


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बझाङको मष्टा गाउँपालिका २ की १२ बर्षीया बालिका सम्झना विकको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार जिल्ला अस्पताल बझाङले प्रहरीलाई दिएको सम्झनाको पोस्टमार्ट अनुसार उनको बलात्कारपछि हत्या भएको प्रारम्भिक निश्कर्ष निकालिएको हो ।

ती अधिकारीले भने, ‘शनिबार आएको पोस्टमार्टम रिपोर्टमा योनाङ्गमा घाउ भएको देखाएको छ, उनको टाउको, अनुहार, पिठ्यूँ लगायत शरीरका विभिन्न ठाउँमा चोटपटक छ ।’ ती अधिकारीका अनुसार बलात्कारीसँग प्रतिकार गर्ने क्रममा उनको शरिरमा चोटपटक लागेको देखिन्छ।

अहिले घटनाबारे अनुसन्धान गर्न बझाङका प्रहरी नायब उपरीक्षक रूपक खड्का नेतृत्वमा टोली खटिएको छ। घटनाको प्रकृति र स्थिति हेर्दा बलात्कारपछि हत्या भएको उनले बताए।

अहिले घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोही ठाउँका १८ वर्षीय राजेन्द्र बोहरालाई पक्राउ गरि अनुसन्धान समेत गरिरहेको छ । बोहरा यसअघि पनि विभिनन अपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीको दाबी छ।

गत बुधबार गाईबस्तुलाई घाँस हाल्न गएकी मस्टा गाउँपालिका २ की सम्झना मृत फेला परेकी थिइन्। बुधबार साँझ घाँस हाल्न निस्केकी सम्झना शव निर्वस्त्र सिमदेवता मन्दिरमा भेटिएको थियो। सम्झना मष्टा निमाविको कक्षा ६ मा अध्ययनरत थिइन्।

उनलाई बलात्कारपछि हत्या गरिएको भन्दै हत्यारालाई कारवाही गर्न शनिबार चैनपुरमा स्थानीय बासिन्दाले प्रदर्शन गरेका थिए।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  १२ : १० बजे

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

श्रीलंकाविरुद्ध भारतको लगातार दोस्रो जित : सेफालीको अर्धशतक

काठमाडौं – भारतले महिला टी-२० सिरिजमा श्रीलंकामाथि लगातार दोस्रो जित

जसले एउटै ओभरमा पाँच विकेट लिएर बनाएर दुर्लभ कीर्तिमान !

काठमाडौं – विश्व क्रिकेटमा एउटै ओभरमा पाँच विकेट लिएर एक

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले