दोर्दी गाउँपालिकाका विद्यालयमा पठनपाठन शुरु « Khabarhub

दोर्दी गाउँपालिकाका विद्यालयमा पठनपाठन शुरु


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- दोर्दी गाउँपालिकाका विद्यालयमा आजदेखि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै पठनपाठन शुरु भएको छ । कोभिड–१९ का कारण बन्द रहेको करिब छ महिनापछि सुरक्षा मापदण्डसहित सिकाइ सहजीकरणका लागि गाउँपालिकाभरीका सबै विद्यालयमा पठनपाठन भएको गाउँपालिका शिक्षा शाखाका शिक्षा अधिकृत भीमप्रसाद लामिछानेले बताए ।

लामिछानेका अनुसार यही असोज ५ गते गाउँपालिकाका सम्पूर्ण विद्यालयका प्रावि, निमावि र मावि तहको प्रधानाध्यापकबीच बैठक र असोज ६ गते पुनः गाउँपालिका शिक्षा समितिको बैठक बसी अघिल्लो बैठकमा गरिएको निर्णयलाई पूर्णता दिँदै विद्यालय सञ्चालन गर्न लागिएको छ । कोरोना भाइरसका कारण बालबालिकाको शिक्षामा परेको असरलाई ध्यानमा राखी विद्यालय सञ्चालन गर्न लागिएको उक्त शिक्षा शाखाले जनाएको छ ।

२० जनाभन्दा कम विद्यार्थी रहेको प्रावि तहको विद्यालयमा नियमित रुपमा पठनपाठन शुरु भएको छ । सोभन्दा धेरै विद्यार्थी रहेका निमावि र मावि विद्यालयमा जोरबिजोरका आधारमा सिकाइ सहजीकरण गरिन भएको छ । गाउँपालिका शिक्षा शाखाका शिक्षा अधिकृत लामिछानेका अनुसार गाउँपालिकाभरी ५४ विद्यालय छन् । मावि सात, निमावि १० र ३७ प्रावि छन् ।

त्यस्तै जिल्लाको क्व्होलोथर गाउँपालिका सबै विद्यालय र बेँसीशहर नगरपालिकाका केही विद्यालयमा केही दिनअघिदेखि पठनपाठन शुरु भइरहेको छ ।

क्व्होलासोथर–४ भुजुङको त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर गुरुङका अनुसार विद्यार्थीको रोल नम्बरका आधारमा जोरबिजोर प्रणालीअन्तर्गत विद्यालयमा पठनपाठन थालिएको छ ।

“विद्यालय आउँदा अनिवार्य मास्क लगाउन लगाइएको छ, गेटमै स्यानीटाइजर लगाउने व्यवस्था गरिएको छ, थर्मल गर्नमार्फत ज्वरो परीक्षण गरिने गरिएको छ”, उनले भने, “एउटा बेञ्चमा दुई जना मात्र राख्ने गरिएको छ, बिहान १० बजेदेखि दिउँसो साढे ३ बजेसम्म विद्यालयमा पठनपाठन भएको छ, सबै विषय पठनपाठन गरिएको छ ।” दुई सय ४४ विद्यार्थी रहेको विद्यालयमा अधिकांश विद्यार्थी आउन थालेका छन् । जिल्ला बाहिर रहेका शिक्षकलाई १४ दिन क्वारेन्टिन राखेर, पिसीआर परीक्षण गरेर मात्र विद्यालयमा आउने व्यवस्था गरिएको प्रधानाध्यापक गुरुङले बताए ।

त्यस्तै बेँसीशहर नगरपालिकास्थित यशोब्रह्म माध्यमिक विद्यालय बाहुडाँडामा समेत उच्च स्वास्थ्य सावधानीका साथ पठनपाठन शुरु भएको विद्यालयका प्राध्यानाध्यापक सुर्जेबहादुर बरालले बताए ।

उनले भने, “कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई बिहान ६ बजेदेखि १० बजेसम्म र ६ देखि १० कक्षासम्मका विद्यार्थीलाई साढे १० बजेदेखि साढे २ बजेसम्म पठनपाठन शुरु गर्दै आएका छौँ, एउटै कक्षामा १५ जनाभन्दा बढी भएमा दुई वटा कक्षामा राखेर पठनपाठन गरिएको र एउटा विषयको ३० मिनेट मात्र पठाइएको उहाँको भनाइ छ । त्यस्तै, जिल्लाका अधिकांश विद्यालयमा विस्तारै पठनपाठन शुरु हुन थालेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  २ : २० बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर