खेलाडी बर्गिकरण बारे बोर्डले निर्णय गर्छ – अध्यक्ष चन्द « Khabarhub

खेलाडी बर्गिकरण बारे बोर्डले निर्णय गर्छ – अध्यक्ष चन्द


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले अनुमोदन गरेको खेलाडी बर्गिकरणलाई लिएर आलोचना भइरहेको छ ।

पुरुष क्रिकेट टीम र महिला टोलीका केही खेलाडीको बर्गिकरणमा असन्तुष्टि जनाउँदै खेलाडीले पनि क्यानलाई ज्ञापन पत्र बुझाइसकेको छ ।

राष्ट्रिय महिला र पुरुष क्रिकेट टीमका खेलाडीहरुले बर्गिकरणलाई पुनर्विचार गर्न भन्दै ज्ञापन पत्र लेखेको अध्यक्ष चतुरबहादुर चन्दले बताए ।

खेलाडीहरुको ज्ञापन पत्रमा कसलाई के गर्नु पर्ने भनेर नाम नतोकिएको तर, केही खेलाडी छुटेकाले तिनीहरुलाई समावेश गर्न भनिएको छ ।

‘बोर्डले गरेको निर्णय अब पुनः बोर्ड बस्दा छलफल हुन्छ । त्यसमा छलफल पनि आवश्यक छ,’ क्यान अध्यक्ष चन्दले भने ।

राष्ट्रिय टोलीका युवा स्पिनर ललितनारायण राजवंशी बर्गिकरणबाट छुट्दा क्यान आलोचित हुन पुगेको छ । सन् २०१९ मा राष्ट्रिय टोलीबाट नखेलेका सुवास खकुरेल र कमलसिंह ऐरीलाई बर्गिकरणमा राखिएको छ । यस्तै, अलराउण्डर सोमपाल कामीलाई ए समुहबाट बि मा घटुवा गरेको र बि समुहमा रहेका बसन्त रेगमीलाई ए समुहमा वर्गिकरण गरिएको छ ।

यस्तै, बर्गिकरणको समस्या महिला टोलीमा पनि छ । नियमित खेलाडी ममता चौधरी बर्गिकरणमा नपर्दा र राष्ट्रिय टोलीबाट निकै कम मात्रै खेलेका खेलाडीहरु वर्गिकरणमा राखिएको भन्दै आलोचना भएको थियो । क्यान पनि यो वर्गिकरण पुनर्विचार गर्ने निर्णयमा पुगेको स्रोतले बताएको छ ।

‘यो पुनर्विचार आवश्यक पनि छ । अब साधारण सभा बरपरबस्ने बोर्ड बैठकले यस विषयमा छलफल गर्नेछ,’ स्रोतले भन्यो, ‘बोर्डले अनुमोदन गरेको विषय हो । त्यसैले यसमा कसको समस्या भन्ने सकियो । तर, बोर्डले समिति लापरबाहीले गर्दा राम्रो काम गर्दा पनि समस्या आलोचना खेप्न पर्यो ।’

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ४ : ०६ बजे

बहुविवाह मुद्दाका दुईजना फरार प्रतिवादी पक्राउ

स्याङ्जा– बहुविवाह मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको

१२ महिनामा विपद्का ७ हजार बढी घटना, १ सय ४० को मृत्यु, ३६ जना बेपत्ता 

काठमडौं– वैशाख गतेदेखि चैत २४ गतेसम्म देशभर भएका विभिन्न विपद्का

पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल

महेन्द्रनगर– शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

अख्तियारको सार्वजनिक कार्यक्रममै फोटो-भिडिओ खिच्न नदिएपछि…

दमौली- नेपाल पत्रकार महासंघ तनहुँ शाखाले पत्रकाहरूलाई फोटो-भिडियो खिच्न रोक

नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण

काठमाडौं– नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष लीला भण्डारीले पदभार ग्रहण गरेकी छिन् ।