खेलाडी बर्गिकरण बारे बोर्डले निर्णय गर्छ – अध्यक्ष चन्द « Khabarhub

खेलाडी बर्गिकरण बारे बोर्डले निर्णय गर्छ – अध्यक्ष चन्द


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले अनुमोदन गरेको खेलाडी बर्गिकरणलाई लिएर आलोचना भइरहेको छ ।

पुरुष क्रिकेट टीम र महिला टोलीका केही खेलाडीको बर्गिकरणमा असन्तुष्टि जनाउँदै खेलाडीले पनि क्यानलाई ज्ञापन पत्र बुझाइसकेको छ ।

राष्ट्रिय महिला र पुरुष क्रिकेट टीमका खेलाडीहरुले बर्गिकरणलाई पुनर्विचार गर्न भन्दै ज्ञापन पत्र लेखेको अध्यक्ष चतुरबहादुर चन्दले बताए ।

खेलाडीहरुको ज्ञापन पत्रमा कसलाई के गर्नु पर्ने भनेर नाम नतोकिएको तर, केही खेलाडी छुटेकाले तिनीहरुलाई समावेश गर्न भनिएको छ ।

‘बोर्डले गरेको निर्णय अब पुनः बोर्ड बस्दा छलफल हुन्छ । त्यसमा छलफल पनि आवश्यक छ,’ क्यान अध्यक्ष चन्दले भने ।

राष्ट्रिय टोलीका युवा स्पिनर ललितनारायण राजवंशी बर्गिकरणबाट छुट्दा क्यान आलोचित हुन पुगेको छ । सन् २०१९ मा राष्ट्रिय टोलीबाट नखेलेका सुवास खकुरेल र कमलसिंह ऐरीलाई बर्गिकरणमा राखिएको छ । यस्तै, अलराउण्डर सोमपाल कामीलाई ए समुहबाट बि मा घटुवा गरेको र बि समुहमा रहेका बसन्त रेगमीलाई ए समुहमा वर्गिकरण गरिएको छ ।

यस्तै, बर्गिकरणको समस्या महिला टोलीमा पनि छ । नियमित खेलाडी ममता चौधरी बर्गिकरणमा नपर्दा र राष्ट्रिय टोलीबाट निकै कम मात्रै खेलेका खेलाडीहरु वर्गिकरणमा राखिएको भन्दै आलोचना भएको थियो । क्यान पनि यो वर्गिकरण पुनर्विचार गर्ने निर्णयमा पुगेको स्रोतले बताएको छ ।

‘यो पुनर्विचार आवश्यक पनि छ । अब साधारण सभा बरपरबस्ने बोर्ड बैठकले यस विषयमा छलफल गर्नेछ,’ स्रोतले भन्यो, ‘बोर्डले अनुमोदन गरेको विषय हो । त्यसैले यसमा कसको समस्या भन्ने सकियो । तर, बोर्डले समिति लापरबाहीले गर्दा राम्रो काम गर्दा पनि समस्या आलोचना खेप्न पर्यो ।’

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ४ : ०६ बजे

ट्रम्पको ‘बोर्ड अफ पिस’मा पाकिस्तान सहभागी भएपछि देशभित्र मतभेद

काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गठन गरिएको ‘बोर्ड अफ

कांग्रेसले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी