कैलालीमा ७५ हजार नगदसहित ९ जुवाडे पक्राउ « Khabarhub

कैलालीमा ७५ हजार नगदसहित ९ जुवाडे पक्राउ


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– प्रहरीले कैलालीमा जुवा खेलिरहेको अवस्थामा ७५ हजार नगदसहित ९ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका– २ बोगटी चोकस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी प्रतीक विष्टका अनुसार प्रहरीले उनीहरूको साथबाट ७५ हजार दुई सय १० रुपैयाँसमेत बरामद गरेको छ ।

उनका अनुसार पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका – ९ का ३४ वर्षीय रामबहादुर ऐर, भिमदत नगरपालिका – ६ का ४३ वर्षीय जनकराज जोशी, बझाङको केदारस्युँ गाउँपालिका – ४ का ३३ वर्षीय नरेन्द्र मल्ल, २८ वर्षीय मिलन भण्डारी, धनगढी उपमहानगरपालीका –२ का ४० वर्षीय पवन भाट रहेका छन् ।

यस्तै, सोही ठाउँकी २७ वर्षीया नितु चन्द, ३८ वर्षीय दिलबहादुर सिंह, ३८ वर्षकै शेरबहादुर साउँद र चुरे गाउँपालिका–३ का ३८ वर्षीय नरबहादुर धामीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ६ : १५ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर