कैलालीमा ७५ हजार नगदसहित ९ जुवाडे पक्राउ « Khabarhub

कैलालीमा ७५ हजार नगदसहित ९ जुवाडे पक्राउ


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– प्रहरीले कैलालीमा जुवा खेलिरहेको अवस्थामा ७५ हजार नगदसहित ९ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका– २ बोगटी चोकस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी प्रतीक विष्टका अनुसार प्रहरीले उनीहरूको साथबाट ७५ हजार दुई सय १० रुपैयाँसमेत बरामद गरेको छ ।

उनका अनुसार पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका – ९ का ३४ वर्षीय रामबहादुर ऐर, भिमदत नगरपालिका – ६ का ४३ वर्षीय जनकराज जोशी, बझाङको केदारस्युँ गाउँपालिका – ४ का ३३ वर्षीय नरेन्द्र मल्ल, २८ वर्षीय मिलन भण्डारी, धनगढी उपमहानगरपालीका –२ का ४० वर्षीय पवन भाट रहेका छन् ।

यस्तै, सोही ठाउँकी २७ वर्षीया नितु चन्द, ३८ वर्षीय दिलबहादुर सिंह, ३८ वर्षकै शेरबहादुर साउँद र चुरे गाउँपालिका–३ का ३८ वर्षीय नरबहादुर धामीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ६ : १५ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग