ललितपुर महानगरलाई होमनेटले दियो ३३० सेट सुरक्षा उपकरण « Khabarhub

ललितपुर महानगरलाई होमनेटले दियो ३३० सेट सुरक्षा उपकरण


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुर महानगरका स्वास्थ्यकर्मीलाई होम नेट नेपालले व्यक्तिगत सुरक्षा उपकरण (PPE) सेट उपलब्ध गराएको छ ।

अग्रभागमा खटिएर काम गर्ने स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि होमनेटले उक्त पिपिई सेट उपलब्ध गराएको हो ।
होमनेटले आज आइतवार महानगरपालिकालाई ३३० थान पिपिइ सेट उपलब्ध गराएको हो। होमनेटका कार्यकारी निर्देशक ओम थपलियाले उक्त पिपिई सेट ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्याललाई हस्तान्तरण गरेका हुन् ।

पिपिई सेट बुझ्दै महानगर उपप्रमुख गीता सत्यालले महानगरका स्वास्थकर्मीहरु, अग्रभागमा खटिने कर्मचारीहरुको सुरक्षा र आवश्यकतालाई महसुस गरेर होमनेटले अग्रभागमा खटिइने स्वास्थकर्मीहरुका लागि पिपिई सेट उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरिन् ।

उपप्रमुख सत्यालले भनिन्, ‘कोरोना भाइरसले सबै मानिसलाई मानसिक रुपमा पनि त्रसित र ग्रसित बनाएको छ। स्वास्थकर्मीहरुका लागि अत्यन्तै चुनौतीपूर्ण समय छ। तसर्थ सुरक्षाका उपायहरु अवलम्बन गरेर सेवाग्राहीहरुलाई सेवा प्रदान गर्नुपर्ने अवस्थामा होमनेटले स्वास्थ सुरक्षाका सामाग्री प्रदान गरेर महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।’

पिपिइ सेट हस्तान्तरण गर्दै होमनेटका कार्यकारी निर्देशक ओम थपलियाले आगामी दिनहरुमा पनि ललितपुर महानगरपालिकासंगको सहकार्यमा कोरोना भाइरस (कोविड १९) संक्रमणबाट जोगिन र जोगाउनका लागि हुने आपतकालीन प्रतिकार्य र राहातका कामहरु गर्ने वताए । थपलियाले भने, ‘कोरोना भाइरसको जोखिमबाट सुरक्षित रहनका लागि स्थानीय सरकारको रुपमा रहेको ललितपुर महानगरपालिकाले गर्ने हरेक कार्यहरुमा होमनेटले सहयोग र सहकार्य गर्नेछ।’

होमनेट नेपालले महानगरलाई उपलब्ध गराएको स्वास्थ्य सामाग्री बुझ्ने कार्यक्रममा ललितपुर महानगरपालिकाका सामान्य प्रशासन महाशाखा प्रमुख श्रीभद्र ओझा, जिन्सी शाखा प्रमुख सागर थापा, जनस्वास्थ्य शाखा प्रमुख सरिता महर्जनलगायतका कर्मचारीहरुको उपस्थिति छ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ५ : ५९ बजे

ट्रम्पको ‘बोर्ड अफ पिस’मा पाकिस्तान सहभागी भएपछि देशभित्र मतभेद

काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गठन गरिएको ‘बोर्ड अफ

कांग्रेसले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी