अफगान सेनाको कारबाहीमा १२ तालिबानी मारिए, केही घाइते « Khabarhub

अफगान सेनाको कारबाहीमा १२ तालिबानी मारिए, केही घाइते


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अफगानिस्तानका पूर्वी क्षेत्रका दुई प्रान्तमा शनिबार भएका सैन्य कारबाहीमा परी कम्तीमा पनि १२ जना तालिबानी लडाकूहरुको ज्यान गएको बताइएको छ ।

उनीहरु शनिबार अपरान्हमा सरकारी सैन्य कारबाहीमा परी मारिएका अफगानिस्तानको रक्षा मन्त्रालयले आइतबार जानकारी दिएको छ ।

अफगानिस्ताको पूर्वी प्रान्त लागोरमा अफगान सेनाको एयर फोर्सले गरेको हवाई कारबाहीमा परी छ जना ताबिलानी लडाकू मारिएका छन् ।

उनीहरु सो क्षेत्रमा स्थापना गरी सञ्चालनमा ल्याएको अखडामाथि अफगान सरकारी सेनाले हवाई आक्रमण गरेको थियो । सो कारबाहीबाट उक्त क्याम्प ध्वस्त भएको बताइएको छ ।

त्यसैगरी सो प्रान्तको छिमेकी अर्काे प्रान्त घाज्नीको आब जिल्लामा रहेको एक प्रहरी चौकीमा तालिबानका लडाकूहरुले शनिबार साँझ हमला गरेका थिए । त्यस क्रममा अरु पाँच जना तालीबानी लडाकूहरु घाइते भएका छन् । यी दुवै कारबाहीहरुमा अफगान सुरक्षाकर्मीतर्फ भने कुनै क्षति नभएको बताइएको छ ।

यी कारबाहीका विषयमा अफगानिस्तानमा सशस्त्र हिंसा गरिरहेका लडाकूहरुले भने कुनै पनि प्रतिक्रिया दिएका छैनन् । यतिखेर अफगान सरकार र तालिबानी लडाकूकाबीचमा कतारको दोहामा वार्ता जारी रहेको छ । तर यता अफगानिस्तानमा भने ताबिलानहरुले हिंसा रोकेका छैनन् ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ६ : २५ बजे

बैंकको सीईओ एक्लैको तलब सबै कर्मचारीले पाउने तलबको २ देखि ३ प्रतिशतसम्म

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी

उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु

बैङ्कक– उत्तरी थाइल्याण्डमा निर्माणाधीन रेलवे सुरुङभित्र भारी उपकरण खस्दा दुई

सवारी दुर्घटनामा २३ जना घाइते

बाजुरा– साँफे–मार्तडी राजमार्गअन्तर्गत  बुढीगङ्गा नगरपालिका–१० रिठा बजार नजिक आज बस दुर्घटना

रास्वपा महाधिवेशनमा पुगेर राजेन्द्र लिङ्देनले भने- शुभकामना दिन आएँ   

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र

वैभव सूर्यवंशीले तोडे विश्व रेकर्ड, ११ बलमै पूरा गरे अर्धशतक

नयाँदिल्ली- भारतीय युवा ब्याटर वैभव सूर्यवंशीले ५० ओभरको क्रिकेटमा सबैभन्दा