रहेनन् ऐतिहासिक फिल्म ‘देउमाइको किनारमा’ का निर्देशक « Khabarhub

रहेनन् ऐतिहासिक फिल्म ‘देउमाइको किनारमा’ का निर्देशक


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमक – शहिद रत्नकुमार वान्तवाको जीवनीमा आधारित ऐतिहासिक फिल्म ‘देउमाइको किनारमा’ का लेखक तथा निर्देशक प्रेम शेर्मा (माङ्जाबुङ्गे)को निधन भएको छ । लामो समयदेखि मिर्गाैला र कलेजोको समस्याबाट पीडित शेर्माको आज आफ्नै निवासमा निधन भएको हो ।

पचपन्न वर्षीय शेर्मा मोरङको उर्लावारीस्थित आइतबारेमा परिवारसहित बस्दैआउनुभएको थियो ।

उनको श्रीमती, दुई छोरी र एक छोरा हुनुहुन्छ । उनी फिल्मी क्षेत्रसँगै साहित्य र सांस्कृतिक आन्दोलनमा सक्रिय रहँदै आएका थिए ।

शेर्माको आज दिउँसो उर्लावारीस्थित सुनझोडा जङ्गलमा अन्त्येष्टि गरिएको छ । यसैबीच, शेर्माको असमायिक निधन प्रति चलचित्रकर्मी, साहित्यक, सामाजिक क्षेत्र तथा विभिन्न पेशाकर्मीले समवेदना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ६ : ४२ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र