बाबुराम भट्टराई भन्छन् – बलात्कारीलाई मृत्युदण्ड « Khabarhub

बाबुराम भट्टराई भन्छन् – बलात्कारीलाई मृत्युदण्ड


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने आवाज उठाएका छन् । भट्टराईले आइतबार साँझ ट्वीट गर्दै बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने धारणा अघि सारेका हुन् ।

नेता भट्टराईले बलात्कारका घटना हुन नदिन कानूनी सुधारको आवश्यकता रहेको भन्दै मृत्युदण्डको बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने माग राखेका हुन् । बझाङकी बालिका सम्झना विकको बलात्कारपछि हत्या भएको सन्दर्भलाई जोडेर डा. भट्टराईले बलात्कारीलाई मृत्युदण्ड हुनुपर्ने माग राखेका हुन् ।

नेता भट्टराईले ट्वीट गर्दै भनेका छन्, ‘राजतन्त्र कालका नमिता/सुनितादेखि गणतन्त्र कालका निर्मला पन्त–सम्झना विकसम्मको बलात्कार/हत्या प्रकरणमा हाम्रो राज्य नै दोषी रहेको पुष्टि भैसक्यो। अब यसो गरौंः १ अपराधी नपक्रने–मुद्दा ठीक नलगाउने जिम्मेदार पदाधिकारीलाई कार्वाही। २ अदालतमा छुट्टै बेन्चको स्थापना, ३ अपराधीलाई मृत्युदण्ड !’

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ९ : ४२ बजे

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये