बसले स्कुटरलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु | Khabarhub Khabarhub

बसले स्कुटरलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा – बारामा बसले स्कुटरलाई ठक्कर दिँदा तीन जनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा-१ स्थित दुधौरामा बसले स्कुटरलाई ठक्कर दिएपछि एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।

प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले सिन्धुलीबाट नेपालगन्जतर्फ जाँदै गरेको ना ४ ख ७२४२ नम्बरको बसले विपरित दिशाबाट जाँदै गरेको प्रदेश २-०३-००४ प ४४४२ नम्बरको स्कुटीलाई ठक्कर दिँदा एउटै परिवारका तीन जनाको मृत्यु भएको पुष्टि गरे ।

उनका अनुसार दुर्घटनामा श्रीमान, श्रीमती र एक वर्षीय छोराको मृत्यु भएको हो । दुर्घटनामा निजगढ नगरपालिका-१० बस्ने वर्ष नखुलेका तीर्थमान स्याङ्तान, उनकी पत्नी ज्योती र १ वर्षीय छोरा अहानको मृत्यु भएको जनाइएको छ ।

स्कुटरलाई ठक्कर दिएका बस चालक फरार भएका छन् । प्रहरीका अनुसार चालको खोजी भइरहेको र मृत्यु हुनेको शव शल्य परीक्षणका लागि वीरगन्ज पठाइएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ९ : २८ बजे

मुम्बई १४५ रनमा समेटिँदा कोलकाताको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार