बसले स्कुटरलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु « Khabarhub

बसले स्कुटरलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा – बारामा बसले स्कुटरलाई ठक्कर दिँदा तीन जनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा-१ स्थित दुधौरामा बसले स्कुटरलाई ठक्कर दिएपछि एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।

प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले सिन्धुलीबाट नेपालगन्जतर्फ जाँदै गरेको ना ४ ख ७२४२ नम्बरको बसले विपरित दिशाबाट जाँदै गरेको प्रदेश २-०३-००४ प ४४४२ नम्बरको स्कुटीलाई ठक्कर दिँदा एउटै परिवारका तीन जनाको मृत्यु भएको पुष्टि गरे ।

उनका अनुसार दुर्घटनामा श्रीमान, श्रीमती र एक वर्षीय छोराको मृत्यु भएको हो । दुर्घटनामा निजगढ नगरपालिका-१० बस्ने वर्ष नखुलेका तीर्थमान स्याङ्तान, उनकी पत्नी ज्योती र १ वर्षीय छोरा अहानको मृत्यु भएको जनाइएको छ ।

स्कुटरलाई ठक्कर दिएका बस चालक फरार भएका छन् । प्रहरीका अनुसार चालको खोजी भइरहेको र मृत्यु हुनेको शव शल्य परीक्षणका लागि वीरगन्ज पठाइएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ९ : २८ बजे

वैभव सूर्यवंशीले तोडे विश्व रेकर्ड, ११ बलमै पूरा गरे अर्धशतक

नयाँदिल्ली- भारतीय युवा ब्याटर वैभव सूर्यवंशीले ५० ओभरको क्रिकेटमा सबैभन्दा

पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–३ च्याङ्गेस्थित निर्माणाधीन पञ्चकन्या मन्दिर परिसरमा करिब

विश्वकपमा जापानको गोल वर्षा : ट्युनिसिया समूह चरणबाटै बाहिरियो

काठमाडौँ – विश्वकपको समूह ‘एफ’ को खेलमा जापानले ट्युनिसियामाथि ४–०

कांग्रेस सभापति थापा रास्वपा महाधिवेशको उद्घाटन समारोहमा सहभागी हुने

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

रास्वपा महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन चितवनमा

चितवन – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह शाह राष्ट्रिय स्वतन्त्र पार्टीको