अमेरिकी विदेश मन्त्री पोम्पेओ भारत भ्रमणमा « Khabarhub

अमेरिकी विदेश मन्त्री पोम्पेओ भारत भ्रमणमा


११ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- संयुक्तराज्य अमेरिकाका विदेश मन्त्री माइप पोम्पेओ भ्रमणमा आएका छन् ।

भारत–अमेरिका मन्त्रीस्तरीय बैठकका लागि पोम्पेओ सोमबार भारतको राजधानी नयाँ दिल्ली आएका हुन् ।

बैठकमा खासगरी विस्तृत विश्वव्यापी रणनीतिक साझेदारी तथा भारत–प्रशान्त क्षेत्रमा स्थायित्व र समृद्धि प्रबर्द्धनका लागि सहयोग बढाउने बारेमा छलफल हुने जनाइएको छ ।

छलफलमा भारतीय पक्षबाट विदेश मन्त्री एस जयशंकर र रक्षा मन्त्री राजनाथ सिंह रहने अधिकारीहरुले जनाएका छन् । मंगलबार हुने भारत र अमेरिकाबीचको यो बैठक तेस्रो उच्चस्तरीय बैठक हो ।

भारत प्रस्थान गर्नुअघि अमेरिकी विदेश मन्त्री पोम्पेओले ट्वीट गर्दै भारत लगायतका केही दक्षिण एसियाली मुलुक भ्रमणमा निस्किएको जनाएका थिए ।

उनी भारतसँगै  श्रीलंका, माल्दिभ्स र इन्डोनेसियाको पनि भ्रमणमा निस्किएका हुन् ।

स्वतन्त्र र खुला इन्डो–प्यासिफिक क्षेत्रका मुलुकहरुबीच अझ स्वतन्त्र, सुदृढ र समृद्ध मुलुकको निर्माणमा साझा धारणा बनाउन भ्रमण केन्द्रित हुने उनले बताएका छन् ।

भारत र अमेरिकाबीचको वार्तामा क्षेत्रीय सुरक्षा सहयोग, प्रतिरक्षा सूचना आदानप्रदान, सैनिक–सैनिकबीचको अन्तरक्रिया तथा प्रतिरक्षा व्यापारका बारेमा पनि छलफल हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

यसअघि दुई मुलुकबीच सेप्टेम्बर २०१८ मा नयाँदिल्लीमा र सन् २०१९ मा वासिङट्न डिसीमा यस्तै मन्त्रीस्तरीय बैठकहरु भएका थिए ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  ६ : ३५ बजे

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बिमा कार्यक्रमको

कर्णाली याक्सलाई ‘एभर राइज’को साथ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने कर्णाली याक्स टोलीका

कैलालीबाट दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

महेन्द्रनगर – अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको

बाजुरामा पहिरोले दुई घर बगायो

बाजुरा – जिल्लाको गौमुल गाउँपालिका-३ कटीगाउँमा आज दिउँसो वर्षासँगै आएको