बंगलादेशमा हुने मैत्रीपूर्ण खेलको प्रशिक्षकमा महर्जन « Khabarhub

बंगलादेशमा हुने मैत्रीपूर्ण खेलको प्रशिक्षकमा महर्जन


११ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेश टुरका लागि बालगोपाल महर्जनलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ।

एन्फाले बिहीबार महर्जनलाई मुख्य प्रशिक्षक बनाएको हो ।  यसअघि पनि राष्ट्रिय टोलीमा रहेर लामो समय काम गरिसकेका मर्हजन नेपालले बंगलादेशमा खेल्ने दुई मैत्रीपूर्ण खेलमा टोलीलाई प्रशिक्षण दिनेछन्।

मुख्य प्रशिक्षक योहान कालिन स्वीड्नस्थित आफ्नो घर गएको र कोरोना भाइरसको महामारीले गर्दा फर्कन कठिनाई भएपछि महर्जनलाई जिम्मेवारी दिइएको हो।

यस्तै एन्फाले सहायक प्रशिक्षकमा भने किरण श्रेष्ठलाई नै कायम राखेको छ। नेपाल ८ महिनाभन्दा बढी समयपछि मैत्रीपूर्ण फुटबल खेल्दैछ।

कोरोना महामारीमा नेपालले खेल्ने अन्तर्राष्ट्रिय खेल पनि बंगलादेश टुर बन्नेछ। नेपालमा कोरोनाको जोखिम रहेकाले बंगलादेश खेल्न जान लागेको हो। नेपालले बंगलादेशमा यो महिनाको अन्तिम र मंसिर पहिलो हप्ता गरि दुई खेल खेल्नेछ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  ५ : ४८ बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि