बंगलादेशमा हुने मैत्रीपूर्ण खेलको प्रशिक्षकमा महर्जन « Khabarhub

बंगलादेशमा हुने मैत्रीपूर्ण खेलको प्रशिक्षकमा महर्जन


११ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेश टुरका लागि बालगोपाल महर्जनलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ।

एन्फाले बिहीबार महर्जनलाई मुख्य प्रशिक्षक बनाएको हो ।  यसअघि पनि राष्ट्रिय टोलीमा रहेर लामो समय काम गरिसकेका मर्हजन नेपालले बंगलादेशमा खेल्ने दुई मैत्रीपूर्ण खेलमा टोलीलाई प्रशिक्षण दिनेछन्।

मुख्य प्रशिक्षक योहान कालिन स्वीड्नस्थित आफ्नो घर गएको र कोरोना भाइरसको महामारीले गर्दा फर्कन कठिनाई भएपछि महर्जनलाई जिम्मेवारी दिइएको हो।

यस्तै एन्फाले सहायक प्रशिक्षकमा भने किरण श्रेष्ठलाई नै कायम राखेको छ। नेपाल ८ महिनाभन्दा बढी समयपछि मैत्रीपूर्ण फुटबल खेल्दैछ।

कोरोना महामारीमा नेपालले खेल्ने अन्तर्राष्ट्रिय खेल पनि बंगलादेश टुर बन्नेछ। नेपालमा कोरोनाको जोखिम रहेकाले बंगलादेश खेल्न जान लागेको हो। नेपालले बंगलादेशमा यो महिनाको अन्तिम र मंसिर पहिलो हप्ता गरि दुई खेल खेल्नेछ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  ५ : ४८ बजे

विशेष महाधिवेशनका प्रतिनिधिको आवाजप्रति देउवा सकारात्मक : के छ सहमतिको आधार ?

काठमाडौं – नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश

काभ्रेको जनमुक्ति मार्ग तीब्र गतिमा निर्माण हुँदै 

धुलिखेल– काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम हुँदै

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने

रौतहट– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

कांग्रेस विशेष महाधिवेशन : कतिले हस्ताक्षर गरे, कति बाँकी छन् ?

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले